विष्णुप्रसाद तिमिल्सिना
काठमाडौँ, १८ चैत्र । प्रहरी वृत्त गौशाला, र काठमाडौँ महानगरपालिका वडा नं. ९ को संयुक्त आयोजनामा गत शनिवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक प्रहरी सेवाको सहकार्यमा आयोजित उक्त कार्यक्रमको सञ्चालन समाजसेवी विएन पाठकले गर्नुभएको थियो । सुनुवाई कार्यक्रममा स्थानीय क्षेत्रका शैक्षिक, धार्मिक, युवा क्लब, महिला समूह, सामाजिक संघसंस्थाबाट उल्लेख्य उपस्थिति रहेको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा शान्ति सुरक्षा, अमनचयन, महिला हिंसा, चोरी डकैती, सार्वजनिक यातायातमा हुने चोरी लुटपाट जस्ता समस्यालाई न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने मनसायका प्रश्नहरु विभिन्न क्षेत्रबाट राखेका थिए । सुनुवाई कार्यक्रममा प्राप्त जिज्ञासाहरुलाई सम्बन्धित विषय क्षेत्रका व्यक्तिहरुबाट जवाफ दिइएको थियो ।

काठमाडौँ महानगरपालिका वडा नं. ९ का सदस्य टेकराज अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि प्रहरी वृत्त गौशालाका प्रमुख प्र.ना.उ. केशवकुमार थेवे हुनुहुन्थ्यो । त्यस्तै अतिथिहरुमा काठमाडौँ महानगरपालिका वडा नं. ७, ८ र ९ का वडाअध्यक्ष, सदस्यहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा देह व्यापार जघन्य अपराध भएको बताउँदै यसलाई रोक्न समुदाय र प्रहरीको सहकार्यविना मात्र सम्भव रहेको माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले जोड दिँदै बताउनुभयो ।