ग्याँसको अभाव छैन, दैनिक औसत ११० बुलेट आयात भएको छ- निगम

 नेपाल आयल निगमले एलपी ग्याँसको सहज आपूर्ति तथा विक्री वितरणका लागि फ्रेबुअरी महिनाको लागि २ हजार मेट्रिक टन थप गरेको र दैनिक औसत ११० बुलेट ग्याँस आयात भइरहेको जानकारी दिएको छ ।

निगमले काठमाडौं उपत्यकामा बजारीकरण गर्ने करिव २३ वटा ग्यास उद्योगहरु मध्ये केही ग्यास उद्योगहरुको पछिल्लो विक्री वितरणलाई हेर्दा दैनिक करिव ४० हजार सिलिण्डर बजारमा उपलब्ध गराइराखेको जनाएको छ ।

निगमबाट एल.पि.ग्यास वितरणलाई सहज गर्न निरन्तर प्रयासका बाबजुद पनि हाल काठमाडौं उपत्यकामा ग्यासको माग उच्च नै देखिएको अवस्थामा काठमाडौं उपत्यकामा बजारीकरण गर्ने केही ग्यास उद्योगहरु मध्ये हाल बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेष्ट ग्यास, साइवावा ग्यास तथा श्री कृष्ण ग्यास ब्राण्डका ग्यास सिलिण्डरहरु डिलर मार्फत नपाएको अवस्थामा निगमको हटलाईन नम्बर ०१-५९७१९०२ ( कार्यालय समय भित्र) मा सम्पर्क गर्न आग्रह गरेको छ ।

साथै निगमले तत्काल आवश्यक मात्रामा ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको छ ।

  • Related Posts

    नेप्सेमा सामान्य वृद्धि, १४ अर्ब ३२ करोडको कारोबार

    नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । आज आइतबार नेप्से ४.४५ अंकले बढेर २८२४. ९० विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका ३ करोड ९५ लाख ४९ हजार ३३…

    २० अर्ब निक्षेप संकलन बोल कबोल गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले तरलता बढेसँगै आज २० अर्ब बराबरको निक्षेप संकलन बोलकबोल गर्ने भएको छ । यो बोलकबोल २८ दिनको अवधिका लागि सञ्चालन हुनेछ । बोलकबोल आज दिउँसो ३ अनलाइन…

    पहिलो

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    • March 15, 2026
    • 71 views
    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    • March 15, 2026
    • 24 views
    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    • March 15, 2026
    • 93 views
    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    • March 15, 2026
    • 18 views
    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    • March 15, 2026
    • 17 views
    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय

    • March 15, 2026
    • 20 views
    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय