चर्चित निर्वाचन क्षेत्र: झापा- २ को चुनावी गणित, पूर्व सभामुख र उपसभामुखलाई स्वागतको चुनौती

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक झापाको २ नम्बर क्षेत्र पनि रहेको छ । यस क्षेत्रबाट पुर्व सभामुख देवराज घिमिरे, पूर्व उपसभामुख इन्दिरा राना मगर, स्वागत नेपाल लगायतको उम्मेदवारीका कारण यो क्षेत्र चर्चामा रहेको छ ।

झापाको २ नम्बर संसदीय निर्वाचन क्षेत्रमा अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाको १ नम्बर वडादेखि ९ नम्बर वडासम्म, कनकाई नगरपालिकाको वडा नम्बर ८ र ९ तथा बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर१, २ र ३ लगायतका वडाहरू समावेश गरिएको छ ।

झापा-२ बाट यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ४७ हजार ५२२ रहेको छ । यस क्षेत्रमा यस निर्वाचनमा १६५ मतदान केन्द्र तोकिएको छ ।

पछिल्लो निर्वाचन

२०७९ मा भएको निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका देवराज घिमिरे विजयी भएका थिए । घिमिरेले २८ हजार ७१६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार भद्र प्रसाद नेपाल (स्वागत नेपाल) ले २६ हजार ४५५ मत प्राप्त गरेका थिए ।  त्यसैगरी तत्कालिन माओवादी केन्द्रबाट उम्मेदवार बनेका हरि कुमार राना मगरले १३ हजार ९३० मत प्राप्त गरेका थिए भने रास्वपाबाट उम्मेदवार बनेका रुद्र प्रसाद गिरीले ८ हजार ७८१ मत प्राप्त गरेका थिए । 

त्यसैगरी यस क्षेत्रमा समानुपातिकतर्फ नेकपा एमालेले २६ हजार ४९० मत प्राप्त गरेका थिए भने रास्वपाले २२ हजार ५१७ मत प्राप्त गरेको थियो ।  त्यसैगरी नेपाली काँग्रेसले १५ हजार ४९८ मत प्राप्त गरेको थियो भने राप्रपाले ७ हजार ८८० मत पाएको थियो ।  त्यसैगरी माओवादी केन्द्रले ३ हजार ८३९ मत पराएको थियो ।

उम्मेदवार 

यस पटकको निर्वाचनमा झापा-२ मा स्वतन्त्रसहित १८ उम्मेदवार रहेका छन् । अघिल्लो निर्वाचनमा केवल दुई पक्षीय प्रतिष्पर्धा भएपनि यस पटक भने पूर्व सभामुख घिमिरे र उपसभामुख राना मगरको भिडन्तले रोचक बनाएको छ ।  त्यस्तै अघिल्लो निर्वाचनमा स्वतन्त्र चुनाव लडेका स्वागत नेपाल यस पटक राप्रपाबाट उम्मेदवार बनेका छन् ।

त्यस्तै यस क्षेत्रमा अघिल्लो निर्वाचनमा काँग्रेस र माओवादीबीच तालमेल हुदा माओवादी केन्द्रको उम्मेदवार थियो भने यस पटक काँग्रेसले नेतृ सरिता प्रसाईलाई उम्मेदवार बनाएको छ । त्यसैगरी नेकपाले नेतृ धर्मशिला चापागाईंलाई टिकट दिएको छ । त्यसैगरी झापा-२ मा डा. युवराज संग्रौलाको स्वतन्त्र उम्मेदवारी समेत चर्चामा रहेको छ । उम्मेदवारको प्रोफाइल हेर्दा यस पटक झापा-२ मा बहुपक्षीय प्रतिष्पर्धा हुने देखिन्छ ।

निष्कर्ष: 

गत निर्वाचनको प्रत्यक्ष र समानुपातिक मतको विश्लेषण गर्दा र यस पटक रास्वपाको पक्षमा देखिएको लहर हेर्दा झापा-२ मा कम्तिमा पनि त्रिपक्षिय प्रतिष्पर्धा हुने देखिएको छ ।

एमालेका देवराज घिमिरे, राप्रपाका स्वागत नेपाल र रास्वपाकी इन्दिरा राना मगरबीच प्रतिष्पर्धा हुने देखिन्छ । तीन जनाको प्रतिष्पर्धाका बीच काँग्रेसकी प्रसाईले सरप्राइज दिने दाउ हेरेकी छन् । त्यस्तै स्वागत नेपाल राप्रपाबाट उम्मेदवार बन्दै अघिल्लो चुनावमा पाएको मतसँग राप्रपाको मत मिसाएर जित्ने दाउ हेरेका छन् ।

त्यस्तै रास्वपाकी राना मगर झापा-५ मा बालेनको उम्मेदवारीको प्रभाव पार्ने र चुनाव जित्ने अभियानमा रहेकी छन् । त्यस्तै एमालेको संगठनात्मक मत धेरै भएकाले आफ्नो मत बचाउन सकेमा जित्ने आकलनमा घिमिरे रहेका छन् । यसरी हेर्दा झापा-२  बहुपक्षीय प्रतिष्पर्धा हुने स्पष्ट देखिन्छ ।

  • Related Posts

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकस्थित ईन्द्रेणी तालमा पुगेर मोटरबोट चढेका छन् ।  मंगलबार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा-५ उम्मेदवार समेत रहेका ओली दमकका मतदातासँग भेट गर्ने…

    पहिलो पार्टी बन्ने नेकपाको दाबि

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर प्रवक्ता अग्नि सापकोटाले पार्टी निर्वाचनमा पहिलो…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 23 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 20 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 24 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 23 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 19 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 29 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ