चर्चित निर्वाचन क्षेत्र: सुनसरी-१ को चुनावी गणित, हर्क साम्पाङलाई कडा चुनौती

 फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक सुनसरी- १ पनि रहेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यस क्षेत्रको चर्चा रहेको छ ।

सुनसरी क्षेत्र नम्बर १ मा धरान उपमहानगरपालिकाका सबै २० वटा वडाहरु, बराहक्षेत्र नगरपालिकाको १ नम्बर क्षेत्रदेखि ५ नम्बर वडासम्म र रामधुनी नगरपालिकाका ६ र ७ वडा समेटिएको छ ।

निर्वाचन आयोगका अनुसार सुनसरी-१ मा यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ५० हजार ३९३ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १६१ मतदान केन्द्र तोकिएको छ ।

पछिल्लो निर्वाचन- २०७९

२०७९ को निर्वाचनमा सुनसरी-१ बाट जसपा नेपालका अशोक राईले चुनाव जितेका थिए । राईले १७ हजार ५९ मत प्राप्त गर्दै जित हासिल गरेका थिए । यस क्षेत्रमा रास्वपाकी गोमा तामाङले १६ हजार ६०६ मत प्राप्त गर्दै राईलाई कडा टक्कर दिएकी थिइन् । त्यस्तै तत्कालिन माओवादी केन्द्रका मुक्‍सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत प्राप्त गरेका थिए भने राप्रपाका अशोक कुमार राईले ७ हजार ८८४ तथा स्वतन्त्र उम्मेदवार मनोज कुमार मेयाङ्गबोले ७ हजार ८१२ मत प्राप्त गरेका थिए ।

त्यस्तै २०७९ मा समानुपातिकतर्फ नेकपा एमालेले २० हजार ९८ मत प्राप्त गरेको थियो भने रास्वपाले १७ हजार २७१ मत प्राप्त गरेको थियो । त्यस्तै नेपाली काँग्रेसले ११ हजार ७५० र राप्रपाले ९ हजार ७६८ मत प्राप्त गरेको थियो । त्यस्तै तत्कालिन माओवादी केन्द्रले ४ हजार ६५६ मत प्राप्त गरेको थियो ।

उम्मेदवार- २०८२

यस क्षेत्रमा यस पटक राजनीतिक दल र स्वतन्त्र गरेर २६ उम्मेदवार रहेका छन् । यस क्षेत्रबाट श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङ उम्मेदवार बनेका छन् । उनी धरान उपमहानगरको प्रमुखबाट राजीनामा दिएर दल खोल्दै चुनावी मैदानमा होमिएका हुन् । त्यस्तै यस क्षेत्रबाट रास्वपाले गत निर्वाचनमा ४५३ मतले पराजित भएकी गोमा तामाङलाई यस पटक पनि उम्मेदवार बनाएको छ । 

त्यस्तै नेकपा एमालेबाट टिकाराम लिम्बु, नेपाली काँग्रेसबाट सुजेन्द्र तामाङ, नेकपाबाट सुर्यबहादुर भट्टराई, राप्रपाबाट उद्धव श्रेष्ठ उम्मेदवार बनेका छन् । त्यस्तै जसपा नेपालबाट संजय राई उम्मेदवार बनेका छन् ।  

निष्कर्ष:

सुनसरी-१ मा अघिल्लो चुनाव र यस पटकको चुनावको माहोलमा ठुलो परिवर्तन भएको छ । अघिल्लो चुनावमा जसपा नेपालबाट चुनाव जितेका अशोक राईले दल फुटाएर आफ्नै दल जसपा खोलेपनि उनको दल छिन्नभिन्न भएको छ र उनी यस चुनावमा उम्मेदवार बनेका छैनन् । अर्को कुरा यस पटक सबै दलका उम्मेदवार चुनावी मैदानमा रहेकाले कुन दलले जित्छ भन्ने स्पष्ट भन्ने अवस्था रहेको छैन ।

श्रम संस्कृतिका हर्क साम्पाङले जित्ने अनुमान धेरैले गरेपनि उनलाई त्यति सजिलो हुने भने देखिदैन । उनलाई रास्वपाकी गोमा तामाङले उत्तिकै टक्कर दिने देखिन्छ । त्यस्तै यस क्षेत्रमा एमालेको पनि राम्रो मत रहेकाले टिकाराम लिम्बुलाई पनि कमजोर आँक्न सकिदैन । त्यस्तै काँग्रेसका सुजेन्द्र तामाङको पनि आफ्नै प्रभाव यस क्षेत्रमा देखिएको छ । यस क्षेत्रमा धरान उपमहानगरका सबै वडा भएकाले यो निर्वाचन साम्पाङले प्रमुखका रुपमा गरेको कामको मुल्यांकनको रुपमा पनि हेरिएको छ । तर पनि अघिल्लो चुनावमा पनि चार पाँच उम्मेदवारबीच मत बाँडिएको देखिएकाले यस क्षेत्रमा साम्पाङले जित्ने अनुमान गर्न अहिले सकिन्न । उनलाई रास्वपा, एमाले र नेपाली काँग्रेसले चुनौती दिने देखिन्छ ।

यस बाहेक राप्रपालगायतका दलहरुको मत पनि चुनाव जित्ने तहसम्म नभएपनि सम्मानजनक मत ल्याएर मतपरिणामको अंक गणित बिगार्ने तह सम्मको भूमिका खेल्ने देखिन्छ । 

  • Related Posts

    दुर्गा प्रसाई रिहा

     मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाभियानका प्रमुख दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रबार पक्राउ परेका प्रसाईआइतबार रिहा भएका हुन् । प्रहरीको साइबर ब्यूरोले निर्वाचन आयोगको निर्देशनबमोजिम उनलाई पक्राउ गरिएको…

    जेनजीका मुद्दा र मागहरूको समर्थन अरूले गर्दैनन, हामी नै हौं गर्ने- प्रचण्ड

    संयुक्त जेनजी आन्दोलनका युवाहरूले नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई पार्टी कार्यालय पेरिसडाँडामा भेट गरेका छन् । संयोजकसँगको भेटमा आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले जेन्जीका मुद्धाहरुलाई घोषणापत्रमा राखेर जानुपर्ने माग राखेका…

    पहिलो

    अण्डाको मूल्यमा भारी गिरावट

    • February 9, 2026
    • 3 views
    अण्डाको मूल्यमा भारी गिरावट

    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    • February 9, 2026
    • 4 views
    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • February 9, 2026
    • 16 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    • February 9, 2026
    • 13 views
    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    • February 8, 2026
    • 149 views
    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    दुर्गा प्रसाई रिहा

    • February 8, 2026
    • 26 views
    दुर्गा प्रसाई रिहा