चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा

 चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले शुक्रबार विद्याकी देवी सरस्वतीको पूजा (वसन्तपञ्चमी) को शुभ अवसर पारेर चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रले आगामी वर्षको २०८३ जेठ १५ गते (गणतन्त्र दिवस) लाई आफ्नो प्रदर्शन मिति तय गरेको छ ।

निर्माण टोलीले विशेष शैलीमा चलचित्रको मिति घोषणा गरेको छ । चलचित्रका मुख्य बाल-कलाकारहरू अध्ययन गर्ने विद्यालय ‘पाथिक ज्ञ्यान निकेतन’ मै पुगेर सरस्वती पूजाको अवसरमा निर्माण टिमले रिलिज मिति सार्वजनिक गरेको हो ।

निर्माता विनोद पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइने छ । चलचित्रको मुख्य हिस्सा हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा खिचिएको छ ।

जोन योञ्जनको निर्देशनमा तयार भइरहेको ‘रोल नं. १’ पूर्ण रूपमा ‘बाल मनोविज्ञान’ मा आधारित चलचित्र हो । गत वर्ष सार्वजनिक गरिएको चलचित्रको ‘फर्स्टलुक’ पोस्टरमा एउटा बालकले कक्षाकोठामा हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको दृश्यले धेरैको ध्यान खिचेको थियो, जसले शिक्षा क्षेत्रको एउटा गहन पाटोलाई उजागर गर्ने अपेक्षा गरिएको छ ।

महेश दवाडीको लेखन रहेको यस चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा रहेका छन् । चलचित्रको बाल-कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं हुन् । शिवराम श्रेष्ठको डीओपी रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन् ।

यो चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने भएको छ ।

  • Related Posts

    बलिवुड फिल्म ‘घुसखोर पण्डित’ विरुद्ध एफआईआर दर्ता

    बलिवुड फिल्म ‘घुसखोर पण्डित’ का निर्देशक र टोलीविरुद्ध एफआईआर दर्ता गरिएको छ । लखनऊ प्रहरीले फिल्मविरुद्ध एफआईआर दर्ता भएको जानकारी दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । प्रेस नोटमा फिल्मलाई जातीय…

    अदालतको आदेशपछि बलिवुड अभिनेता राजपाल यादवले गरे आत्मसमर्पण

    बलिवुड फिल्ममा आफ्नो हास्य शैलीले दर्शकहरूलाई हँसाउने अभिनेता राजपाल यादव कानुनी समस्यामा फसेका छन् । यो मुद्दा वर्षौं पुरानो हो, तर अब, दिल्ली उच्च अदालतको कडाइ पछि, उनले बिहीबार तिहाड…

    पहिलो

    अण्डाको मूल्यमा भारी गिरावट

    • February 9, 2026
    • 3 views
    अण्डाको मूल्यमा भारी गिरावट

    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    • February 9, 2026
    • 4 views
    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • February 9, 2026
    • 16 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    • February 9, 2026
    • 13 views
    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    • February 8, 2026
    • 157 views
    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    दुर्गा प्रसाई रिहा

    • February 8, 2026
    • 26 views
    दुर्गा प्रसाई रिहा