चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत

चलचित्र ‘शिवांश’ फागुन १ गते प्रदर्शन हुँदा नेपाली दर्शकले प्रसिद्ध भारतीय गायकको स्वर सुन्न सक्नेछन् । ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत रहेको निर्माणपक्षले बताएको छ ।

निर्माणपक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै कैलाश खेरको गीत चलचित्रमा रहेको जानकारी दिएको छ । पोस्टरमा चलचित्रका मुख्य पात्र छन् ।

प्रवीण खतिवडा हातमा चक्कु बोकेर रौद्र रुपमा छन् । तेज गिरी रिसाहा मुद्रामा छन् । रुसा न्यौपाने हेरिरहेकी छन् । बिमला लिम्बू पनि केही आश्चर्यमिश्रित भावमा छिन् । विकाश जोसी हातमा डमरु बोकेर चिच्याइरहेको देखिन्छ ।

श्यामस्वेत पोस्टरमा चक्र र आगो देखिन्छ । पोस्टरले चलचित्रका पात्रहरू तनावमा रहेको देखाएको छ । कलरले निरश र तनावपूर्ण जिन्दगी संकेत गरिरहेको छ । महाशिवरात्रिको छोको पारेर फागुन १ गते रिलिज हुने चलचित्र ‘शिवांश’ बारे गायक खेरले नेपाल र नेपाली प्रशंसकहरूका लागि एक विशेष भिडियो सन्देश जारी गर्दै आफ्नो नयाँ सांगीतिक परियोजना र भारत-नेपालबीचको प्रगाढ सम्बन्धबारे चर्चा गरेका छन् ।

आफ्नो ओजपूर्ण आवाजका लागि विश्वभर चर्चित खेरले नेपाली चलचित्र ‘शिवांश’मा समावेश ‘शिव ताण्डव स्तोत्रम्’ गायनको सन्दर्भमा यो सन्देश दिएका हुन् । उनले नेपाली श्रोताहरूले आफ्ना हरेक गीतलाई दिने माया र साथप्रति हृदयदेखि आभार व्यक्त गरेका छन् ।

“नेपालका फ्यानहरूले मलाई र मेरा गीतहरूलाई जुन प्रकारको प्रेम दिनुहुन्छ, त्यसका लागि म कसरी आभार व्यक्त गरुँ भन्ने शब्द छैन,” खेरले भनेका छन् । कैलाश खेरले आफ्नो आवाज रहेको चलचित्र ‘शिवांश’लाई भारत र नेपालको मैत्री सम्बन्धको प्रतीकको रूपमा चित्रण गरेका छन् । उनले भनेका छन्, “यस पटक केही विशेष छ । भारत-नेपाल मैत्री सम्बन्धको सौजन्यबाट हामीले एउटा अत्यन्तै प्यारो ‘ताण्डव स्तोत्रम्’ तयार पारेका छौं, जुन मैले गाउने अवसर पाएको छु ।”

साथै, खेरले नेपाली दर्शक र श्रोताहरूबाट ‘शिवांश’ का लागि पहिले जस्तै माया र आशीर्वादको अपेक्षा गरेको बताएका छन् ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशकमा सन्तोष कुमार आत्रेय छन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो । निर्मातामा अञ्जान केसी छन् ।

प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू र रुषा न्यौपाने मुख्य भूमिकामा छन् । चलचित्रमा विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय रहनेछ ।

  • Related Posts

    बलिवुड फिल्म ‘घुसखोर पण्डित’ विरुद्ध एफआईआर दर्ता

    बलिवुड फिल्म ‘घुसखोर पण्डित’ का निर्देशक र टोलीविरुद्ध एफआईआर दर्ता गरिएको छ । लखनऊ प्रहरीले फिल्मविरुद्ध एफआईआर दर्ता भएको जानकारी दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । प्रेस नोटमा फिल्मलाई जातीय…

    अदालतको आदेशपछि बलिवुड अभिनेता राजपाल यादवले गरे आत्मसमर्पण

    बलिवुड फिल्ममा आफ्नो हास्य शैलीले दर्शकहरूलाई हँसाउने अभिनेता राजपाल यादव कानुनी समस्यामा फसेका छन् । यो मुद्दा वर्षौं पुरानो हो, तर अब, दिल्ली उच्च अदालतको कडाइ पछि, उनले बिहीबार तिहाड…

    पहिलो

    अण्डाको मूल्यमा भारी गिरावट

    • February 9, 2026
    • 3 views
    अण्डाको मूल्यमा भारी गिरावट

    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    • February 9, 2026
    • 4 views
    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • February 9, 2026
    • 16 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    • February 9, 2026
    • 13 views
    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    • February 8, 2026
    • 149 views
    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    दुर्गा प्रसाई रिहा

    • February 8, 2026
    • 26 views
    दुर्गा प्रसाई रिहा