
दीपेन्द्र प्रजाकाल/कालो झोला ।
पर्सा, १५ श्रावण । प्रहरी चौकी ईनर्वाले भारतबाट अवैध रुपमा चाँदीका गरगहनाहरु ल्याउँदै गरेको एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साले जनाए अनुसार विशेष सूचना प्राप्त भई त्यहाँ बाट खटिएको चेकिङ टोलीले आईतबार विहान ११:१५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ति चोक स्थित भारतको रक्सौल बाट वीरगञ्ज तर्फ आउँदै गरेको BR 05 AS 2162 नम्बरको मोटरसाइकलमा सवार बीरगंज महानगरपालिका वडा नं. ०६ बस्ने वर्ष १८ को साहिल कुमार साह लाई रोकी निजको तलासी लिँदा निजले बोकेको खैरो रंगको ब्यागभित्र चाँदी जस्तो देखिने धातुबाट बनेको कचौरा तथा साना मुर्तीहरू १ हजार १ सय ०६ ग्राम ४ सय मिली ग्राम फेला परेकोले निजलाई उक्त चाँदी सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा पर्सा प्रहरीले जनाएको छ ।