विष्णुप्रसाद तिमल्सिना
काठमाडौँ, १४ गते । साउन महिनाको अवसर पारी चावहिल गौरीघाटबासीहरूले चार नारायणको धार्मिक तीर्थ यात्रा गर्न निस्किएका छन् । गत साउन ११ गते विहीबार बिहान ६ बजे गौरीघाटबाट यात्रा शुभारम्भ गरिएको उक्त धार्मिक यात्रामा सहभागिहरू चाँगुनारायण (भक्तपुर), विशंखुनारायण (ललितपुर), शेषनारायण (फर्पिङ), मत्च्छेनारायण (कीर्तिपुर), इचंगुनारायण (बालाजु) जल नारायण (बुढानिलकण्ठ) र सत्यनारायण (हाँडीगाउँ) मन्दिर दर्शन गरी फर्किएका छन् । सो समूहमा १६ जनाको सहभागिता रहेको थियो । ज्येष्ठ नागरिक तथा महिलाहरूलाई मठमन्दिरहरूको दर्शन गराउने उद्देश्यका साथ चार नारायणको यात्रा तय गरिएको कार्यक्रम संयोजक भरत श्रेष्ठले बताउनुभयो । स्थानीयबासीहरूको चाहनाअनुसार यस अघि विभिन्न दर्जनौँपटक धार्मिक तीर्थ यात्रा गराइसकेका श्रेष्ठले धार्मिक पर्यटन क्षेत्रको विकास र विस्तारको लागि यस्ता धार्मिक यात्राले टेवा पुग्ने विश्वास व्यक्त गर्नुुभयो । यस वर्ष साउन महिनामा मलमास परेको छ । मलमासको अवसर पारी चार नारायणको दर्शन गर्नु हिन्दु शास्त्रअनुसार शुभ रहने विश्वास गरिन्छ ।