दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १४ चैत । चिकेन स्टेशन, बीरगंज ले आफ्नो फेसबुक पेजमा मुस्लिम समुदायको रमजान लाई लक्षित गरी पोष्ट गरेको सामाग्री उसैको घाँटीको पासो बनेको देखिन्छ ।

यस रमजानको महिनामा १०% छुट मा रमजान स्पेशल Beef Kebab को विज्ञापन गर्ने उद्देश्यले नै आफ्नो फेसबुक पेजमा फोटो सहित राखेको कारण पेट्रोल मा आगो लागे झै पुरै सामाजिक सञ्जालमा फैलिएको छ, फलस्वरूप विभिन्न धार्मिक संगठनहरू मिलेर मधेसी आयोग मा मुद्दा पनि दर्ता गराएका छन्, तसर्थ मधेसी आयोग ले सोमबार आवश्यक कारवाहीको लागि गृह मन्त्रालय लाई पत्राचार पनि गरि सकेको अवस्था छ ।

यता संचालक अरुण झा ले यो सबै कुरा भूलबस भएको हुनाले सोमबार नै पत्रकार सम्मेलन गरी सामुहिक माफी पनि माँगेका छन् । तथा केही पत्रकार का ठेकेदारहरुले परिस्थिति लाई शान्त पार्न बार्गेनिङ गर्न पनि शुरु गरि सकेका छन् ।

यता जन मानसमा पनि यस प्रचार प्रसार को घोर बिरोध भईरहेको अवस्था छ । यहाँ सम्म स्थानियले बताए अनुसार एक चोटी प्रचार प्रसार मा आईसकेको सामानको डेलिभरी पछिसम्म सजिलै संग हुन सक्ने सम्भावना पनि व्यक्त गरेका छन् ।