चितवनमा दुई बस र ट्रक ठोक्किए, ३३ जना यात्रु घाइते

चितवन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा गएराति दुर्घटना भएको छ । प्रहरीका अनुसार राति करिब १ बजे दुई यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३३ जना यात्रु घाइते भएका छन् ।

रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ ख ०१२३ नम्बरको यात्रुबाहक बसले अगाडिको ना–६ ख ८१३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । सो बसको पछाडि आइरहेको जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३९०२ नम्बरको अर्को यात्रुबाहक बस पनि सोही क्रममा ठोक्किएको थियो ।

दुर्घटनामा दुवै बसका यात्रु गरी ३३ जना घाइते भएका छन् । तीमध्ये १५ जनाको  चितवन मेडिकल कलेज, १३ जनाको नेशनल सिटी अस्पताल र ५ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ । केहि घाइतेलाई चोट लागेको र धेरै जसोको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रहरीका अनुसार दुई बस चालक मध्ये एक जना घाइते भएका छन् भने अर्का चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक चालक भने फरार रहेका छन् ।

  • Related Posts

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकहरू मध्ये एक जेम्स वाटसनको निधन भएको छ । उनी ९७ वर्षका थिए । अमेरिकी वैज्ञानिक वाटसनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । डीएनए…

    जय बागेश्वरीमा व्रह्माको मन्दिर उद्घाटन

    काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन शाह जेनजी आन्दोलनपछि पहिलो पटक सार्बजनिक कार्यक्रममा देखिएका छन् । शुक्रबार बालेनले व्रह्माको मन्दिर समुद्घाटन गरेका हुन् । उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 35 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 19 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 24 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 28 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 23 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 32 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट