चितवनमा १० प्रकारका आलुको अध्ययन

चितवन । जिल्लामा आलुका जातको अध्ययन सुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत धान, मकै र आलुको उन्नत जात तथा स्वदेशी हाइब्रिड जात, जातिको अध्ययन परीक्षण तथा प्रविधि अनुसरण कार्यक्रमअन्तर्गत आलुका जातहरूको अध्ययन सुरु गरिएको हो ।

कार्यालयका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार कृषकलाई अनुदानको कार्यक्रम गर्दै आएको कार्यालयले यस वर्ष अध्ययन कार्यक्रम गरिएको हो । विभिन्न १० प्रकारका आलुको अध्ययन सुरु गरिएको उनले जानकारी दिए । अध्ययन सुरु गरिएका आलुमा ० दशमलव ५२, २५ दशमलव ७, एल्बर स्टोन रसेट, क्यामेन, स्यागिटा, क्युन्टेरा, इनोभेटरलगायतका जातको अध्ययन परीक्षण थालिएको हो । यस्तै फ्राइसोना, सन्ताना र स्थानीय नीलो जातको आलुको अध्ययन गर्न लागिएको उनले बताए।

उनका अनुसार अहिले जातीय परीक्षण तथा औद्योगिक आलुको बारेमा अध्ययन सुरु गरिएको छ । औद्योगिक आलुका रूपमा फ्रेन्चफ्राइ, चिप्सजस्ता वस्तु उत्पादनका लागि आलु चितवनमा उत्पादन गर्न सकिन्छ की सकिँदैन भन्ने अध्ययन थालिएको हो । एउटा जातको २५ किलो आलुका दरले कृषक र रामपुर कृषि क्याम्पस खैरहनीमा अध्ययन थालिएको हो ।

खैरहनी नगरपालिकाका वडा नम्बर १० कठारका कृषकको बारीमा आलु लगाइ सकिएको छ भने क्याम्पसमा केही दिनमा लगाउने तयारी गरिएको छ । किसानले परापूर्बक कालदेखि लगाउँदै आइरहेका आलुको भन्दा परीक्षण स्वरूप लगाइएका आलुको उत्पादन, आकार, लोकप्रियता, स्वाद, रोग किराको आक्रमण, बिक्री वितरणमा सहजतालगायतका विषयमा अध्ययन गरिने उनले बताए ।

आलुको उत्पादन क्षमता हेरेर कुन आलुलाई यस क्षेत्रमा लगाउँदा बढी प्रतिफल लिन सकिन्छ भन्ने विषयमा अध्ययन गरिने सूचना अधिकारी त्रिपाठीले बताए । उत्पादन सफल भएमा स्थानीय कच्चा पदार्थको प्रयोगले उत्पादन बढाएर व्यावसायिक आलु खेतीमा कृषकलाई लगाउन मद्दत पुग्ने कार्यालयका प्रमुख झलकनाथ कँडेलले बताए । उनले भने, “आलुखेती गर्ने कृषकका लागि यो अध्ययन फलदायी हुने छ ।” जिल्लामा गत आर्थिक वर्षमा एक हजार नौ सय ९० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो । जसबाट ४९ हजार छ सय ७६ मेट्रिक टन आलु उत्पादन भएको उनले जानकारी दिए । क्षेत्रफल र उत्पादन बढाउन यो प्रयोग फलदायी हुने उनले विश्वास व्यक्त गरे ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    • May 23, 2025
    • 54 views
    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    • May 23, 2025
    • 52 views
    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    • May 23, 2025
    • 63 views
    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    • May 22, 2025
    • 116 views
    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 125 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 152 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-