चिनियाँ नागरिकसँग नेपाली किशोरीको विवाह गराउने ८ जना पक्राउ

काठमाडौँ । चिनियाँ नागरिकसँग नेपाली किशोरीहरूको विवाह गराउन गिरोह नै सक्रिय रहेको पाइएको छ । नेपाली बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउन संलग्न ३ चिनियाँ नागरिकसहित ८ जना पक्राउ परेपछि गिरोह नै सक्रिय रहेको खुलेको हो ।

प्रहरीले धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकालाई सुनसरीको चतरामा ल्याएर विवाह गराउन खोज्दा सो गिरोह पक्राउ परेको हो । ती बालिकाको ३३ वर्षीय लि टेङ नामका चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले किशोरीका बाबु, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुरको बेलका नगरपालिका ९ का ४३ वर्षीय दीपक दर्जी, सोही स्थानका ४२ वर्षीय बद्रीबिक्रम राई, स्याङ्जा पुतलीबजार १२ का २० वर्षीय शीतल गुरुङ, काभ्रेपलान्चोकको रोशी नगरपालिका ३ की २० वर्षीया रोशनीमाया तामाङसँगै लाई पक्राउ गरेको छ । यस्तै चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सुनसरीका प्रहरीका अनुसार किशोरीलाई प्रलोभनमा पारी जबरजस्ती विवाह गर्दै गर्दा प्रहरीले उद्धार गरेको हो । विपन्न परिवारका किशोरीका बुबाले भने छोरीका लागि राम्रै होस् भनेर विवाह गरेको बताएका छन् ।

चिनियाँ पक्षले विवाह गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनालाई मानव तस्करीसँग पनि सम्बन्धित देखिएकाले त्यस तर्फबाट पनि अनुसन्धान सुरु गरिएको सुनसरी प्रहरीले जनाएको छ । सो समूहले यस अघि पनि प्रलोभनमा पारेर विवाह गरी चीन लगेको आशङका प्रहरीले गरेको छ ।

  • Related Posts

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    मुना न्यौपाने काठमाडौँ, फागुन २ गते । नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन जारी छ । बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ । नेतृत्वका लागि हालका…

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    मुनामदन सिलवालकाठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ७ मैजुबहालमा अवस्थित कुमारी मन्दिर अवस्थित छ । प्रत्येक वर्षझै यस पर्व पनि स्थानीयबासीहरुको सक्रियतामा पूजाअर्चना भव्यताका साथ सम्पन्न भएको छ । यसैसात…

    पहिलो

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    • February 14, 2025
    • 39 views
    मानव बेचबिखन कार्यमा सलंग्न एक जना  भारतिय सहित दुई जना पक्राउ-

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    • February 14, 2025
    • 4 views

    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    • February 14, 2025
    • 20 views
    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    • February 13, 2025
    • 46 views
    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    गण्डकी कोटिहोम ज्ञान महायज्ञका लागि कुनै बाधा, अवरोध नगर्नु उच्च अदालतद्वारा आदेश जारी

    • February 13, 2025
    • 32 views

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    • February 13, 2025
    • 29 views