चिनियाँ विरुद्ध बाराको अमलेखगंज मा विरोध प्रर्दशन-

दीपेन्द्र प्रजापति/कालो झोला ।

अमलेखगंज, २१ असार । चिनियाँ कम्पनीले विकासको नाममा मधेसको लाईफ लाईनमा सिरहा सप्तरी जिल्लाको महेन्द्र राजमार्ग बनाउने बहानामा नियमित हिसाबले चुरे पहाडको विनाश गर्दै आईरहेकाले आज अमलेखगंजमा चुरे तथा वन जंगल संरक्षण अभियान द्वारा चिनियाँ कम्पनी विरुद्ध विभिन्न नाराका साथ विरोध प्रर्दशन गरेकाछन ।

चिनियाँ हस्तक्षेप बन्द गर, बिआरआई परियोजना खारिज गर, नेपाल माथिको अनावश्यक चिनियाँ हस्तक्षेप बन्द गर, राष्ट्रिय स्वधिनता कायम गर भन्ने विभिन्न नाराका साथ जुलुस निकाली अमलेखगंजको प्रहरी चौकी देखि नेपाल आयल निगममा आई परिक्रमा कोण सभामा परिणत भएको थियो ।

सो विरोध प्रर्दशनमा चुरे तथा वन जंगल संरक्षण अभियानका केन्द्रिय सदस्य भुलावन पासवान चुरेलाई उत्खन्न गरी विनाश गर्दै आईरहेको, जस्तै अनावश्यक रुपमा पोखरा अन्तराष्ट्रिय विमानस्थल बनाई प्रत्येक नेपाली माथि जबरजस्ती ऋण थुपारेको, चिनियाँ राजनितिक तथा विकासको नाममा भुमरीको जालोमा फस्दाउँदै आएको र केही दिन अगाडि सिराहा भिडिजन वन कार्यालयले अवैध रुपमा उत्खन्न गर्दै आएका चिनियाँ कम्पनी श्री चाईना रेल वे नं. २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लि. काठमाण्डौका स्काभेटर, टिपर तथा चिनियाँ नागरिक पक्राउ गरी जिल्ला अदालत सिराहाले मुद्दा चलाएको छ ।

सो मुद्दा विचाराधिन रहेको र तराई मधेसमा चिनियाँ विस्तारवादी विरुद्ध हाम्रो सदैव अभियान जारी राख्ने र मधेशलाई मरुभुमि हुनबाट जोगाउन सम्पूर्ण मधेसी तथा नेपाली दाजुभाई एकजुट भई विकासको नाममा विनाश गर्दै आएका चिनियाँ र चिनियाँ कम्पनी विरुद्ध विरोध गर्न आग्रह गर्दै आफ्नो मन्तव्य राखेको थिए ।

चिनले विभिन्न चरणमा नेपाली भूमि मिच्दै आएको र चिनियाँ कम्पनी द्वारा देशको विभिन्न ठाउँमा विकासको नाममा विनाश गर्दै आएको जस्तै नारायणगढ–बुटवल सडक खण्ड, पोखरा अन्तराष्ट्रिय विमान स्थल, महेन्द्र राजमार्ग विकासको नाममा चुरे दोहन लगायत बारे पासवानले आफ्नौ मनतव्य राखेको थिए ।

सो कार्यक्रममा अभियानका अभियान्ताहरु पुनदेव चौधरी, सुनिल भान्जा, चित्रलेखा चौधरी, सुनिल कुशवाहा, सुभाष यादव र पार्वती नेपाल लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, विधार्थी तथा स्थानिय, समाजसेवीको उपस्थिती रहेको थियो ।

  • Related Posts

    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    काठमाडौँ, ७ साउनः प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो,“हालका दिनमा…

    ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

    टीकापुर (कैलाली), ७ साउनः बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन् । व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका किसानले स्वाइन फिभरको जोखिमले पुनः बङ्गुरपालन गर्न आँट गरेका छैनन्…

    पहिलो

    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    • July 22, 2024
    • 9 views
    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

    • July 22, 2024
    • 11 views
    तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

    ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

    • July 22, 2024
    • 12 views
    ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

    शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

    • July 22, 2024
    • 13 views
    शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

    विचारः साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना

    • July 22, 2024
    • 14 views
    विचारः साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना

    व्यावसायिक मौरीपालन गर्दै भोजपुर बैकुण्ठेका स्थानीय

    • July 22, 2024
    • 11 views
    व्यावसायिक मौरीपालन गर्दै भोजपुर बैकुण्ठेका स्थानीय