चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित

ढोरपाटन (बागलुङ) । चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् । ढोरपाटन नगरपालिका-९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन् । विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको छ ।

उच्च पहाडी क्षेत्रमा पर्ने ढोरपाटनमा बिहानमा तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटो चल्दा बालबालिका बिरामी पर्ने गरेको ज्योति विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले बताए । विद्यार्थीलाई ज्वरो, रुघाखोकीसहित निमोनिया देखिँदा पढाइ प्रभावित भएको उनको भनाइ छ । जाडो याममा ढोरपाटनमा हिउँदमा विद्यालय बन्द हुने गर्छ ।

पुस महिना भरि पठनपाठन गर्ने योजना बनाए पनि चिसोका कारण छिट्टै विद्यालय बन्द गर्ने स्थिति देखिएको अदैले बताए । कक्षा ९ र १० का लागि बिहान सञ्चालित ट्युसन कक्षामा विद्यार्थीहरू कठ्याङ्ग्रिएर पढ्न नसक्ने अवस्था भएको उनको भनाइ छ । विद्यालयमा ‘हिटर’को व्यवस्थापन नहुँदा बालबालिकालाई चिसोबाट जोगाउन समस्या भएको छ ।

“ बिहान तुसारोले खेलमैदान पुरिएको हुन्छ, बिहान १० बजे घाम लाग्ने हुँदा समयमै पठनपाठन सुरु गर्छौँ, साँझ ३:३० बजेनै छुट्टी गर्छौँ”, उनले भने । ढोरपाटनका अधिकांश हुने खाने वर्गले छोराछोरी पोखरा, काठमाडौँलगायतका ठाउँमा पढाउने गरेका छन् ।

ढोरपाटन उपत्यका क्षेत्रमा ज्योति विकास माध्यमिक विद्यालय, सिद्धबराह प्राथमिक विद्यालय, सहलथान प्राथमिक विद्यालय, बाल ज्योति प्राथमिक विद्यालय, ढोरपाटन दुर्गम प्राथमिक विद्यालय र ढोरबहारा प्राथमिक विद्यालय सञ्चालनमा छन् । यी विद्यालय चिसोका कारण हरेक वर्ष पुस दोस्रो सातादेखि बन्द हुने गर्छन् ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 85 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    • July 5, 2025
    • 186 views
    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    • July 3, 2025
    • 139 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    • July 3, 2025
    • 135 views
    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    • July 2, 2025
    • 119 views
    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-

    • July 2, 2025
    • 110 views
    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-