चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविद्ले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ ।

गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागे पनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो एक सातामा चिसो क्रमिक रूपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौँको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस हाराहारी रहेकामा त्यसको एक सातापछि अर्थात् हिजो र आज न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कायम रहेको छ । “काठमाडौँमा चिसो निरन्तर रूपमा बढिरहेको छ”, मौसमविद् अधिकारीले भने, “पछिल्लो १५ दिनमा तापक्रम बिस्तारै घट्दै गइरहेको छ ।”

महाशाखाको विवरणमा आइतबार काठमाडौँको न्यूनतम तापक्रम १४ दशमलव ७ डिग्रिसेल्सिय पुगेको थियो । सोमबार १६ डिग्रिसेल्सियस छ । काठमाडौँसहित देशका अधिकांश स्थानमा ह्वात्तै तापक्रम घटेको छ । मौसमविद् अधिकारीले दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको उहाँको भनाइ छ । पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

  • Related Posts

    गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास

    भक्तपुर । भक्तपुरको गुण्डुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि घर निर्माण कार्य सुरु गरिएको छ । एमाले नेता महेश बस्नेतका अनुसार बिहीबार ओली पत्नी राधिका शाक्यले घरको शिलान्यास…

    सिन्धुली र रामछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै, मन्त्री घिसिङको अनुगमन

     सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेली ब्रिज (फलामे पुल) जडान सुरु भएको छ ।  गत वर्षको असोजको भारी वर्षाका कारण रोशीखोला र सुनकोशी नदीमा आएको बाढीले नेपालथोक…

    पहिलो

    सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न-

    • December 4, 2025
    • 122 views
    सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न-

    चितवनले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै

    • December 4, 2025
    • 18 views
    चितवनले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै

    समाजलाई जीवन्त राख्न सास्ंकृतिक अभियानहरुको आवश्यकता छ- प्रधानमन्त्री कार्की

    • December 4, 2025
    • 23 views
    समाजलाई जीवन्त राख्न सास्ंकृतिक अभियानहरुको आवश्यकता छ- प्रधानमन्त्री कार्की

    पोखरालाई हराउदै काठमाडौँ गोर्खाज प्लेअफमा

    • December 4, 2025
    • 16 views
    पोखरालाई हराउदै काठमाडौँ गोर्खाज प्लेअफमा

    प्रधानमन्त्री कार्कीबाट निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक आव्हान

    • December 4, 2025
    • 20 views
    प्रधानमन्त्री कार्कीबाट निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक आव्हान

    गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास

    • December 4, 2025
    • 18 views
    गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास