चुनाव जितेपछि ममदानीले नेपाली रेस्टुरेन्टमा खाए म: म

काठमाडौं । अमेरिकाको न्यूयोर्कको मेयरमा विजयी भएका जोहरान मामदानीले चुनाव जितेपछि नेपाली रेस्टुरेन्टमा म:म खाएको विषय चर्चामा आएको छ ।

ममदानीले सामाजिक सञ्जालमा चुनावको नतिजापछि कंग्रेस नेतृ एलेक्जान्ड्रीया ओकासियो कोर्टेजसँग न्यूयोर्कको ज्याक्सन हाइटसमा रहेको लालीगुँरास बिस्ट्रोमा लन्च गरेको जानकारी दिएका हुन् । ममदानीले म:म सहित चिया खाएको तस्बीर सार्बजनिक गरेका छन् ।

र्यापर समेत रहेका ममदानीले न्युयोर्कको मेयर जितेर विश्वभर चर्चा कमाएका छन् । एक बर्षअघिसम्म नाम समेत नसुनिएका ममदानीले न्युयोर्कमा मध्यम बर्गका समस्या उठाउदै ति समस्या समाधान गर्ने रोडम्याप प्रस्तुत गरेर जनताको विश्वास जितेका छन् । ममदानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, विश्वकै धनि एलन मस्कजस्ताको समर्थन प्राप्त गरेका भेट्रान राजनीतिज्ञ एवं पुर्व गभर्नर एन्ड्रयू कुओमोलाई पराजित गरेका छन् ।

ममदानी प्रसिद्ध भारतीय-अमेरिकी फिल्म निर्देशक मीरा नायर र कोलम्बिया विश्वविद्यालयका प्रख्यात प्राध्यापक महमूद ममदानीका छोरा हुन् ।          

  • Related Posts

    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    काठमाडौँ । अष्ट्रेलियाको बोन्डी समुद्र तटमा दुई आक्रमणकारीले यहूदीहरुको समूहमाथि गोली चलाएका छन् । यस घटनामा कम्तिमा १० जनाको मृत्यु भएको बताइएको छ । गोली लागेर १२ जना घाइते भएको…

    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    काठमाडौँ । अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीचमा भएको गोलीबारीमा कैयौं घाइते भएका छन् । बोन्डी बीचमा हनुक्का उत्सव मनाउन एक हजार भन्दा बढी भेला भएको अवस्थामा अन्धाधुन्ध गोल चलेको थियो ।…

    पहिलो

    एमालेको बन्द सत्र शुरु

    • December 14, 2025
    • 8 views
    एमालेको बन्द सत्र शुरु

    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    • December 14, 2025
    • 2 views
    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    • December 14, 2025
    • 9 views
    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    • December 14, 2025
    • 11 views
    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    • December 14, 2025
    • 8 views
    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    पाकिस्तानी गुप्तचरसँग सम्पर्कमा रहेको भन्दै अवकाशप्राप्त भारतीय वायुसेना अधिकारी पक्राउ

    • December 14, 2025
    • 12 views
    पाकिस्तानी गुप्तचरसँग सम्पर्कमा रहेको भन्दै अवकाशप्राप्त भारतीय वायुसेना अधिकारी पक्राउ