दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १६ जेष्ठ । वीरगञ्ज महानगरपालिका वडा नं. १७ बस्ने वर्ष ४३ को रामबिर सहनीको ना. २४ प १२१८ नम्बरको डिस्कभर मोटरसाइकल आफ्नै घर अगाडि पार्किङ गरी राखिएको अवस्था बाट शनिबार दिउँसो करिब ०२:०० बजेको समयमा चोरी भएको सूचना प्राप्त भई खोजतलास तथा अनुसन्धान गर्ने क्रममा प्रहरी चौकी सिर्सिया बाट खटिएको चेकिङ टोलीले आईतबार साँझ करिब ०५:३० बजेको समयमा उल्लेखित नम्बरको मोटरसाइकल चढी ICP गेटतर्फ जाँदै गरेको अवस्थामा दुई जना व्यक्तिहरू क्रमशः बीरगंज महानगरपालिका वडा नं. १७ बस्ने बर्ष १९ को राहुल यादव तथा वडा नं. २४ बस्ने बर्ष २२ को सुनिल यादव लाई फेला पारी मोटरसाइकल सहित नियन्त्रणमा लिई चोरी कसूरमा अनुसन्धान भैरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले सोमबार बताएका छन् ।