
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०८ जेष्ठ । ईलाका प्रहरी कार्यालय, एकटांगा ले दुईवटा चोरीको मोटरसाइकल सहित दुई जना मानिसलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्सा ले शनिबार दिइएको जानकारी अनुसार बैशाख २७ गते राति करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २१ बस्ने वर्ष २३ को संदीप कुमार चौरसियाको ना. ५१ प ५१२२ नम्बरको प्लाटिना मोटरसाइकल आफ्नै घर अगाडि पार्किङ गरी राखिएको अवस्थाबाट चोरी भएको सूचना प्राप्त भई खोजतलास तथा अनुसन्धान गर्ने क्रममा मातहतका ईलाका प्रहरी कार्यालय, एकटांगा बाट खटिएको चेकिङ टोलीले उल्लेखित नम्बरको मोटरसाइकल मा BR 05 A 8872 नम्बरको भारतीय नम्बर प्लेट लगाई चलाइरहेको अवस्थामा शुक्रबार दिउँसो करिब ०४:३० बजेको समयमा पर्साको पर्सागढी नगरपालिका वडा न ०३ बडनिहार बजारमा फेला पारी मोटरसाइकल सहित दुई जना क्रमशः पर्साको पर्सागढी नगरपालिका वडा नं. ०९ बस्ने बर्ष १८ को निरंजन यादव र सोही ठाउँ बस्ने वर्ष १८ कै धिरज कुमार यादव लाई नियन्त्रणमा लिई चोरी कसूरमा अनुसन्धान भैरहेको कुरा पर्सा प्रहरीले जनाएको छ ।
तथा निजहरूबाट BR 22 AF 8592 नम्बरको भारतीय नम्बरको TVS मोटरसाइकल समेत बरामद भएकोमा उक्त मोटरसाइकल चोरीको रहेको खुल्न आएकोले थप अनुसन्धान भैरहेको कुरा पनि प्रहरीले जनाएको छ ।