दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २० चैत । वडा प्रहरी कार्यालय, विर्ता ले सोमबार साँझ करिब ०६:३० बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. २६ सडक खण्ड बाट एउटा मोटरसाइकल र एउटा स्कुटी सहित दुई जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

विर्ता का प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटी का अनुसार शुक्रबार राती करिब ०९:०० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. १० स्थित पुजन होटल अगाडी पार्किङग गरी राखेको BR 05 AM 0792 मोटरसाईकल चोरी भएकोमा खोज तलाश गर्दै जाँदा उल्लेखित स्थान बाट बिरगंज महानगरपालिका वडा नं. ०४ बस्ने रामाज्ञा गोसाईको छोरा अंदाजी बर्ष २६ को बिजय गोसाईले चलाई जादै गरेको र वडा नं. २६ बस्ने ऐजाजुल अंसारीको छोरा बर्ष २५ को सर्फराज अंसारीले चोरीको ना. १६ प. २५२६ नंवर को स्कुटी चलाई जादै गरेको अवस्थामा यस कार्यालय बाट खटिएको प्रहरी टोलीले पक्राउ गरी कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको कुरा पनि प्रहरी निरीक्षक बोगटीले आज बताएका छन् ।

यसै गरी आईतबार राती करिब १२:३० बजेको समयमा बिरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर स्थित रहेको ठाकुरराम बहुमुखी क्यामपस पछाडि श्रवण सरार्फको घरको ताल्चा फुटाई रहेको भनि विशेष सुचनाको आधारमा प्रहरी टोली खटी गई ताल्चा फुटाउने औजार सहित देश भारत मोतिहारी जिल्ला घर भई हाल बारा जिल्लाको सिमरा उप-महानगपालिका वडा नं. ०७ बस्ने बर्ष ३० को प्रवेज खानलाई नियन्त्रणमा लिई आवश्यकको लागि वडा प्रहरी कार्यालय विर्ता मै राखिएको कुरा पनि बोगटीले बताएका छन् ।