
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १५ श्रावण । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा सोमबार बिहान करिब १०:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, माईधिया पोखरी स्थित घरकोठामा भन्सार छली भण्डारण गरी राखेको अंदाजी मूल्य रु.२६ हजार २ सय ५० बराबरको भारतीय मल बरामद गरी आवश्यक कारवाहीको लागि आज वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।
