बीरगंज, १३ बैशाख । सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय मधेश प्रदेश, महोत्तरी बाट खटिएका सशस्त्र प्रहरी हवल्दार वशिष्ठ पटेल को कमाण्डमा ३ जनाको ट्याक्टिकल स्क्वाड र बीओपी बीरगंजबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमलेश राज पुरीको कमाण्डमा खटिएको ७ जनाको संयुक्त टोलीले बीरगंज महानगरपालिका को वडा नं. १६ बसपार्क बाट अबैध रुपमा भन्सार छलि भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी मूल्य रु. १ लाख ५९ हजार बराबरको लताकपडाहरु बरामद गरी बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, मधेश प्रदेश, महोत्तरी ले मंगलबार राति ०३:०० बजेको समयमा सप्तरी जिल्लाको राजगढ गाउँ पालिका वडा नं. ०२ कमलपुर स्थित बाट भारतीय गाडी सहित नेपाली मदिरा बरामद गरेको छ ।
बाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर ले दिनु भएको जानकारी अनुसार बाहिनी बाट सशस्त्र प्रहरी जवान महम्द ईमाम मियाँ ठकुराईको कमाण्डमा ३ जनाको ट्याक्टिकल स्क्वाड ले उक्त दिन डी. एल. ०४ सी. आर. १९३२ नम्बरको भारतीय क्वार्लिस गाडी र अन टेस्ट सेतो रंगको अपाचे मोटरसाइकल मा नेपाली मदिरा मामाश्री राखी अबैध रुपमा नेपाल बाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरी अन्दाजी मूल्य रु. १ लाख बराबरको १ सय कार्टुन को र अन्दाजी मूल्य रु. २ लाख ५० हजार बराबरको १ थान मोटरसाइकल र अन्दाजी मूल्य रु. ९ लाख बराबरको १ थान गाडी सहित चालक भारतको मधुबनी जिल्ला महथर खुद्र ग्राम पंचायत-०३ बस्ने हेम नारायण यादव को छोरा बर्ष २२ को पप्पु यादव लाई नियन्त्रणमा लिएको र उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण मुख्यालय, सप्तरी बाट सशस्त्र प्रहरी निरीक्षक मेघराज राउत र बीओपी बनैनिया बाट सशस्त्र प्रहरी निरीक्षक दीपक राज बस्नेतको कमाण्डमा खटिएको ७ जनाको टोली गई उक्त सवारीसाधन, मदिरा र व्यक्ति लाई सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण मुख्यालय, सप्तरी मा ल्याई राखेको थियो भन्ने व्यक्तिलाई हिरासतमा राख्नको लागि जिल्ला प्रहरी कार्यालय, सप्तरी मा बिहान ०५:३० बजेको समयमा बुझाइएको थियो । तथा बिहान ११:०० बजेको समयमा मदिरा, मानिस, मोटरसाइकल र गाडी सहित आवश्यक कारवाहीको लागि रु. १२ लाख ५० हजारको मूल्याङ्कन गरि राजविराज भन्सार कार्यालय, तिलाठी, सप्तरी मा बुझाइएको कुरा बाहिनीपति ठाडा मगर ले बताएका छन् ।
