दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २२ चैत । विरगञ्ज महानगरपालिका वडा नं. १७ अलौ स्थित सडक खण्डमा पोखरियाबाट वीरगञ्ज तर्फ जाँदै गरेको ना. ५ च ४७५ नम्बरको पिकअप गाडीले विपरित दिशा तर्फबाट जादै गरेको प्र. २-०३-०२२ प ९८०० नम्बरको मोटरसाइकल लाई मंगलबार राति करिब ०७:४५ बजेको समयमा ठक्कर दिँदा मोटरसाइकल चालक पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नं. ०३ बस्ने बर्ष ३७ को मनोज हजरा गम्भिर घाईते भएको हुँदा उपचारार्थ नारायणी अस्पताल वीरगञ्जमा ल्याएकोमा बुधबार बिहान करिब ०७:४५ बजेको समयमा निज मनोज हजराको मृत्यु भएकोमा मृतक लासको लासजाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरी उल्लेखित पिकअप र पिकअप चालक मकवानपुर जिल्लाको हेटौडा उप महानगरपालिका वडा नं. ०८ बस्ने वर्ष ३६ को गणेश कुमार अधिकारीलाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान कार्य भैरहेको छ ।

त्यस्तै मंगलबार राति नै करिब ११:३० बजेको समयमा पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नं.  ०१ स्थित सडक खण्डमा सुवर्णपुर बाट वीरगञ्ज तर्फ जाँदै गरेको BR 01 PA 2876 नम्बरको भारतीय नम्बर प्लेटको सेतो बोलेरो जिप आफै अनियन्त्रीत भई दुर्घटना हुँदा उक्त गाडीको चालक पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ०५ बस्ने वर्ष २९ को नकुल पौडेलको टाउकोमा गम्भिर चोट लागेको हुँदा उपचारार्थ एल. एस. न्यूरो अस्पताल, वीरगञ्जमा ल्याएकोमा बुधबार अपरान्ह करिब १२:३० बजेको समयमा निज नकुल पौडेलको मृत्यु भएकोमा मृतक लासको लासजाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरी पोष्ट मार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा राखि थप अनुसन्धान भैरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा ले जनाएको छ ।