दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १४ मंसिर । सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा बिहीबार बिहान ०८:०३ बजे देखि ११:०० बजेसम्म ईलाका प्रहरी कार्यालय ठोरी, सेढवा र प्रहरी चौकी महादेवपट्टी बाट खटिएको संयुक्त प्रहरी टोलीले पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ०४ र जिराभवानी गाउँपालिका वडा नं. ०१ स्थितमा छ कठ्ठा एक धुरमा अवैध रूपमा लगाएको गाँजाको बोटहरू अं.५ हजार २ सय ५० फडानी गरी नष्ट गरिएको तथा गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जिल्ला प्रहरी कार्यालय, पर्सा ले जनाएको छ ।
