छ महिनामा चार अजिंगरको उद्धार

तनहुँ । डिभिजन वन कार्यालय तनहुँले चार अजिंगरको उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ । गत वैशाखदेखि यही असोज महिनासम्म जिल्लाका विभिन्न स्थानबाट उद्धार गरेको हो । गत बिहीबार मात्रै व्यास नगरपालिका-१२ स्थित कमलबारीमा भेटिएको अजिङगरको उद्धार गरिएको सो कार्यालयले जनाएको छ ।

दश फिट चार इन्च लामो र १५ किलो दुई सय ग्रामको तौल भएको अजिंगको उद्धार गरिएको उद्धारकर्ता अर्जुन श्रेष्ठले जानकारी दिए। उद्धार गरिएका अजिङगरको बस्तीदेखि टाढा,घनाजंगल र सुरक्षित स्थानमा लगेर छाड्ने गरिएको छ । केही अघि मात्रैव्यास-२ अमरापुरी,व्यास-१३ बेलबास लगायतका स्थानमा अजिङगर भेटिएको थियो ।

विस्तारको काम भइरहेको पृथ्वी राजमार्गको मुग्लिन-पोखरा खण्डअन्तर्गत सडकको नालीमा फेला परेको अजिंगर स्थानीयले जानकारी दिएपछि डिभिजन वन कार्यालयले उद्धार गरेको हो । सवारी चालक अर्जुनकुमार श्रेष्ठ, सशस्त्र वन रक्षक जमदार सूर्य सुवेदी, सशस्त्र वन रक्षकहरू कृष्ण कैनी, रामकाजी अधिकारी, गुननारायण श्रेष्ठ र चौकीदार उत्तम मल्लको टोलीले अजिंगरको उद्धार गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार अजिंगरलाई संरक्षित सरीसृपको रूपमा लिइने गरिएको वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए। “अजिंगर हत्तपत्त भेटिने जीव होइन”, उनले भने “यसले मानव जातिलाई क्षति नगरे पनि बाख्राका ससाना पाठापाठी खाएर नोक्सान पुर्‍याउने गर्दछ ।”

तनहुँमा तीन हजार मेट्रिकटन मास उत्पादन
मास खेती गर्न सजिलो, धेरै परिश्रम गर्नु नपर्ने र थोरै लगानीमा राम्रो मूल्य पाइने भएपछि मास खेतीतर्फ किसानको सङ्ख्या बढ्दै गएको कार्यालयका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले जानकारी दिए।

यहाँ उत्पादित मास जिल्लाभित्रै खपत भई बाँकी पोखरा, नारायणगढ, काठमाडौँलगायतका सहरमा निर्यात हुने गरेको छ, उनले भने “मास उत्पादक किसानले गत वर्ष प्रति पाथी रु. आठ सयमा बिक्री वितरण हुने गरेको छ ।” जिल्लामा तीन हजार चार सय ४३ हेक्टर क्षेत्रफलमा मास खेती हुँदै आएको छ । गत वर्ष दुई हजार नौ सय साठी मेट्रिकटन मास उत्पादन हुने गरेको प्रमुख वरिष्ठ कृषि विकास अधिकृत गोपाल शर्मा लामिछानेले जानकारी दिए।

यस वर्ष वर्षालगायतका मौसम राम्रो रहेकाले मास उत्पादनमा वृद्धि हुने विश्वास लिइएको उनले बताए। जिल्लाका ऋषिङ, घिरिङ, शुक्लागण्डकी, म्याग्दे, बन्दीपुर, व्यास, भानु आँबुखैरेनी, देवघाट लगायतका पालिका मास खेतीका लागि पकेट क्षेत्रका रूपमा लिइने गरिएको छ ।

त्यसैगरी कार्यालयले रैथाने बाली संरक्षणअन्तर्गत कोदो बाली उत्पादनका लागि प्रोत्साहन कार्यक्रम ल्याएको छ । रैथाने बाली उत्पादनमा ५० प्रतिशत अनुदानमा बीउ र कोदो चुट्ने थेसर मेसिन दिने गरिएको छ । जिल्लामा छ हजार एक सय पाँच हेक्टर क्षेत्रफलमा कोदो खेती हुने गरेको छ । कार्यालयका अनुसार गत वर्ष मात्रै सात हजार मेट्रिकटन उत्पादन भएको थियो । पछिल्लो समय कोदोको माग बढ्दै जान थालेपछि कोदो खेतीतर्फ किसानको आकर्षण पनि बढेको कार्यालय प्रमुख लामिछानेले बताए। कोदोमा प्रशस्त मात्रामा क्यालोरी पाइन्छ ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    • May 23, 2025
    • 53 views
    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    • May 23, 2025
    • 52 views
    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    • May 23, 2025
    • 62 views
    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    • May 22, 2025
    • 116 views
    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 125 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 152 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-