बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष म.जलालुदिन मंसुरसमेत ४ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी एवं गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक भतौडा गाविस-२ को जग्गा रजिष्ट्रेशन लिखित पारित गर्ने क्रममा उक्त जग्गामा कम्पाउन्ड वाल सहितको पक्की घर टहरा र उक्त जग्गा वीरगञ्ज कलैया हुलाकी सडकमा भएकोमा बाटोसँग नजोडिएको र घर नभएको भनी गलत सिफारिस गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।
अख्तियारले कलैया उपमहानगरपालिका-३ का तत्कालीन वडा अध्यक्ष म.जलालुदिन मंसुर र तत्कालीन वडा सचिव रघु प्रसाद सहनी गोढीलाई ६ लाख ९४ हजार ६५१, जग्गा बिक्रीकर्ता रौफ मिया मन्सुरलाई ३ लाख ७७ हजार









