जनताको सार्वभौमसत्ता स्थापित गर्ने आधार २००७ सालको क्रान्ति हो- राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को  अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । उनले प्रजातन्त्र स्थापनाका लागि भएका ऐतिहासिक संघर्षमा जीवन उत्सर्ग गर्ने ज्ञात-अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका अग्रज नेतृत्वप्रति सम्मान प्रकट गरेका छन् ।

फागुन ७ गते मनाइने प्रजातन्त्र दिवस वि.सं. २००७ सालको क्रान्तिको स्मरणमा मनाइँदै आएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले निरंकुश शासन विरुद्धको बलिदानीपूर्ण संघर्षबाट मानव अधिकार र नागरिक स्वतन्त्रता स्थापना भएको ऐतिहासिक तथ्य स्मरण गरेका छन् । जनताको सार्वभौमसत्ता स्थापित गर्ने आधार त्यही क्रान्ति रहेको उनले बताएका छन् ।

उनले लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र तथा वर्तमान संविधान निर्माणको महत्वपूर्ण जग २००७ सालको आन्दोलन भएको उल्लेख गरेका छन् । प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्वलाई स्थायी बनाउनुका साथै सहिदहरूको योगदान सधैं स्मरण गराउने उनले बताए ।

राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र सात दशकभन्दा लामो संघर्षको उपलब्धि भएको उल्लेख गर्दै लोकतन्त्रले सामाजिक न्याय, समानता, सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास व्यक्त गरे । संविधानले न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको स्मरण गराउँदै उनले सुशासनमार्फत विकास र समृद्धि हासिल गर्नु नै वर्तमान व्यवस्थाको प्रमुख उद्देश्य भएको बताए ।

यसै सन्दर्भमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफल बनाउन सबै नागरिकको साझा दायित्व रहेको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् । उनले लोकतन्त्र सुदृढीकरण र जनताको अपेक्षा अनुरूप सुशासन सुनिश्चित गर्न निर्वाचनमा सक्रिय सहभागिताको अपिल गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि योगदान पुर्‍याउने सबैप्रति सम्मान व्यक्त गर्दै प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्तिमा प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

  • Related Posts

    ओलीका बुबाको निधनप्रति रास्वपा सभापति रवि लामिछानेबाट दुख व्यक्त

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै लामिछानेले यस दुःखद घडीमा…

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

     पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्तिम संस्कार गरिएको छ । गएराति ९६ वर्षको उमेरमा भक्तपुरको गठठाघरस्थित अस्पतालमा निधन भएको उनको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार…

    पहिलो

    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    • March 13, 2026
    • 29 views
    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

    • March 13, 2026
    • 26 views
    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    • March 13, 2026
    • 15 views
    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    • March 13, 2026
    • 24 views
    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

    • March 13, 2026
    • 20 views
    पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना

    • March 13, 2026
    • 31 views
    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना