दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०४ भदौ । जनता प्रगतिशील पार्टी, जिल्ला कार्य समिति पर्सा ले शनिबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

मधेशका परनेता स्व. बाबा रामजनम तिवारीको पुण्य तिथिमा बीरगंजको घण्टाघरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा महिला पुरुष गरि जम्मा ६३ जनाले रक्तदान गरेका थिए । आयोजित रक्तदान कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भरत भूषण पाण्डे, जिल्ला नेता गोविन्द गुप्ता लगायतकाले रक्तदान गरेका थिए भने जिल्ला का वरिष्ठ नेता मनोज कुमार मिश्रा को विशेष उपस्थिति रहेको थियो ।