
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १२ माघ । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष माननीय अशोक कुमार राईको अध्यक्षतामा वीरगंजको पुजन होटलमा केन्द्रीय समितिको बैठक प्रारम्भ भएको छ ।
आजको वैठकमा पाल्नुहुने केन्द्रिय सदस्यहरूको सम्मान मा पार्टी का केन्द्रीय सदस्य तथा वीरगंज महानगर का मेयर राजेश मान सिंह ले स्वागत मन्तव्य राख्नु भएको थियो ।

आज बाट संचालन भएको जसपा को बैठक आज र भोलि (माघ १२ र १३ गते) गरी दुई दिनसम्म सञ्चालन हुनेछ ।
बैठकमा विभिन्न राजनीतिक, संगठनात्मक तथा समसामयिक विषयहरूमा गहन छलफल गर्नुको साथै पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा विशेष ध्यान दिइने कुरा नेपाल सरकारका खानेपानी मंत्री प्रदीप यादवले बताएका छन् ।

बैठकमा उक्त पार्टीका अध्यक्ष मा. अशोक कुमार राई, संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ, सह-अध्यक्ष रेणु कुमारी यादव, उपाध्यक्ष तथा मा. मन्त्री नवलकिशोर साह सुडी, उपाध्यक्ष माननीय शुशीला श्रेष्ठ, उपाध्यक्ष रन्ध्वज कन्दनवा लिम्बु, महासचिव मोहम्मद इश्तियाक राई, सचिव माननीय बिरेन्द्र महतो, कोषाध्यक्ष मा. रञ्जु झा लगायतका नेतागणहरूको उपस्थिति रहेको छ ।

बैठकमा उपस्थित सबै सम्माननीय नेताहरूलाई वीरगंज नगरीमा मंत्री यादवले हार्दिक स्वागत तथा धन्यवाद पनि व्यक्त गरेका छन् ।