जनवरी महिनामा ९२ हजार पर्यटक भित्रिए

नेपालमा विदेशी पर्यटकको अगामन १५.७ प्रतिशतले बढेको छ । गत बर्षको जनवरी महिनामा भन्दा यस बर्षको जनवरीमा नेपाल आउने विदेशी पर्यटकको संख्या १५.७ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

यस बर्षको जनवरीमा कुल ९२ हजार ५७३ विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको जनवरीमा ७९ हजार ९९१ पर्यटक नेपाल आएका थिए । कोभिड शुरु हुनु अघि २०१९ को जनवरीमा यो संख्या ८१ हजार २७३ रहेको थियो । 

जनवरी महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी भारतबाट नेपाल आएका छन् । भारतबाट जनवरी महिनामा २६ हजार ६२४ जना अर्थात २८.८ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै जनवरीमा चीनबाट दोस्रो धेरै ९ हजार १०१ पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ ।

त्यसैगरी अमेरिकाबाट ८ हजार ४०६, बंगलादेशबाट ५ हजार ८१४ जना, अस्ट्रेलियाबाट ४ हजार ९५७, बेलायतबाट ३ हजार ९७३ जना, म्यानमारबाट ३ हजार ३९६ जना, दक्षिण कोरियाबाट ३ हजार २२६ जना थाइल्याण्डबाट ३ हजार २०५ जना र भुटानबाट ३ हजार १२ पर्यटक जनवरी महिनामा नेपाल आएका छन् ।

पर्यटन बोर्डका अनुसार सार्क देशबाट कुल ३६ हजार ३७५, एशियाका अन्य देशबाट २४ हजार १६१ जना, युरोपबाट ११ हजार ४१९ जना, अमेरिका क्षेत्रबाट ९ हजार ९५९ जना, ओसिनियाबाट ५ हजार २४७ जना जनवरी महिनामा नेपाल आएका छन् ।

  • Related Posts

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    नेप्सेमा गिरावट आएको छ । मंगलबार नेप्से २०.७५ अंकले घटेर २६४२.१५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५४ कम्पनिका २ करोड ५ लाख ५९ हजार ५५ कित्ता शेयर ८ अर्ब…

    सुपर खुदी हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

     सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज फागुन ५ गते मंगलबारदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ ।  यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 23 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 20 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 24 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 23 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 19 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 30 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ