काठमाडौँ । सुर्खेत र उदयपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ
सुर्खेतमा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुर घर भएका ४० वर्षीय सुजेन्द्र स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको छ । सुजेन्द्रले ती महिलालाई वीरेन्द्रनगर नगरपालिका-४ स्थित एरिचोकमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै उदयपुरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-१० गिजिनचौर थुम्की बस्ने २५ वर्षीय भिम बहादुर थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ । भिम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।









