काठमाडौँ , प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा बाजुरा र पाल्पाबाट चार जना पक्राउ गरेको छ ।
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाजुराको बुढीगंगा नगरपालिका-५ बस्ने ३० वर्षीय पारस शाहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पारसले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी टाँटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाल्पाको रम्भा गाउँपालिका-४ बस्ने २६ वर्षीय विवेक बहादुर पाण्डे र रूपन्देही बुटवल उपमहानगरपालिका-११ बस्ने अर्घाखाँची मालारानी गाउँपालिका-६ घर भएका २६ वर्षीय अप्रिल घर्ती मगर रहेका छन् । उनीहरूले ती महिलालाई तानसेन नगरपालिका-४ होलाङ्दि, स्थित होटल मनकामनामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
त्यसैगरी ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतको लेकवेशी नगरपालिका-१० बस्ने १९ वर्षीय ललित खड्कालाई प्रहरीले पक्राउ गरेको हो । ललितले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।









