दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०५ असार । वडा प्रहरी कार्यालय विर्ताले जबरजस्ती करणी मुद्दामा फरार अपराधी लाई आज बिहान करिब ११:०० बजेको समयमा पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताएका अनुसार २०६९ साल जेष्ठ ०२ गते राती १२:०० बजे नामथर वतन बताउन नसक्ने मानसिक सन्तुलन ठिक नभएकी अंदाजी वर्ष २६ की एक महिलालाई जबरजस्ती करणी गरी फरार रहेको भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी वीरगञ्ज महानगरपालिका वडा नं. ०१ बस्ने अंदाजी वर्ष ३५ को उमाशंकर गिरीलाई पर्सा जिल्ला अदालतको मिति : २०७० साल जेष्ठ १७ गतेको फैसलाले ५ वर्ष कैद तोकिएकोमा त्यहाँ बाट खटिएको फैसला कार्यान्वयन विशेष टोलीले आईतबार बिहान ११:०० बजे वीरगञ्ज महानगरपालिका वडा नं. ०१ छप्कैया स्थितबाट पक्राउ गरी पर्सा जिल्ला अदालतमा बुझाइएको कुरा प्रहरी नायब उपरीक्षक खनालले बताएका छन् । जबरजस्ती करणी मुद्दाका फरार अपराधी दश वर्ष पछि पक्राउ-