जसपा नेपालबाट रुपन्देही- ३ मा उम्मेदवार बनेका यादव एमालेमा प्रवेश

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही- ३ का जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट उम्मेदवार रहेका श्रीनिवास यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

सोमबार उनले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी त्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका हुन् ।

यादवले कानुनअनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलो अभियानमा सहभागी भएको उल्लेख गर्दै वर्तमान राष्ट्रिय परिस्थितिमा राजनीतिक स्थायित्वका लागि एमाले प्रमुख शक्ति बन्ने विश्वासका आधारमा आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताएका छन् ।

उनले भनेका छन्- ‘देश र जनताको हितलाई सर्वोपरि राख्दै आजकै मितिदेखि जसपाको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गरी नेकपा (एमाले) मा समाहित भएको घोषणा गर्दछु ।’

यादवले आफ्ना समर्थक तथा मतदातालाई एमालेको चुनाव चिन्ह ‘सूर्य’मा मतदान गर्न आह्वान गरेका छन् । साथै उनले एमाले उम्मेदवार बासुदेव घिमिरेलाई अत्यधिक मतले विजयी गराउन अपिल गरेका छन् ।

एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेसहित जिल्लाका नेताहरूले यादवलाई पार्टीमा स्वागत गरेका थिए । यादवको निर्णयपछि रुपन्देही–३ को चुनावी समीकरणमा प्रभाव पर्ने विश्लेषण गरिएको छ ।

रुपन्देही-३ मा एमालेबाट बासुदेव घिमिरे उम्मेदवार छन् भने काँग्रेसबाट सुशिल गुरुङ, रास्वपाबाट डा. लेख जंग थापा, राप्रपाबाट गौरब बोहोरा र नेकपाबाट फैज अहमद खाँ उम्मेदवार बनेका छन् ।

२०७९ को निर्वाचनमा यस क्षेत्रबाट एमालेको समर्थनमा राप्रपाका दिपक बोहोरा विजयी भएका थिए ।

  • Related Posts

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सुदन गुरुङले अग्रता लिएका छन् ।  पछिल्लो मत गणनाको अपडेट अनुसार गुरुङले ८ हजार ९९२ मत प्राप्त गरेर अग्रता बनाएका छन् ।…

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

     प्रतिनिधि सभाको निर्वाचनको ११ स्थानको मात्र नतिजा आउन बाँकी रहेको छ । अहिलेसम्म रास्वपाले ११८ स्थानमा जित हासिल गरेको छ भने ७ स्थानमा अझै अगाडी रहेको छ । रास्वपा सुनसरी-…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 11 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 15 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 16 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 22 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 13 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 21 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो