जहाज ‘ग्राउन्डेड’ भएपछि टरिगाउँमा अब प्रत्येक शुक्रबार मात्र उडान भरिने

तुलसीपुर (दाङ) । नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ । गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताए ।

निगमको एउटा जहाज ‘ग्राउन्डेड’ भएकाले शुक्रबारमात्र उडान भर्ने नीति लिएको उनले जानकारी दिए । “हप्तामा सात दिन चलाउने कुरा हो, तर अहिले निगमसँग एउटा मात्र जहाज छ, एउटा जहाज ग्राउन्डेड छ”, उनले भने, “त्यसले गर्दा पनि अहिले केही समय हप्ताको शुक्रबार मात्र चलाउने कुरा छ ।”

अहिले प्रत्येक शुक्रबार दिउँसो १२:०० बजे टरिगाउँ आउने र १२ः२० मा फर्किने उनले बताए। हाल दाङबाट काठमाडौँ जाँदा रु सात हजार एक सय भाडा लाग्छ भने काठमाडौँबाट दाङ आउँदा रु सात हजार दुई सय ५० भाडा लाग्ने उनले बताए । अहिले दाङबाट काठमाडौँ जानका लागि यात्री नपाउने अवस्था रहेको छ । जहाज नियमित नहुँदा पनि यात्री भैरहवा वा नेपालगञ्ज जाने गरेको भन्दै नियमित भएमा यो समस्या नहुने उनको भनाइ छ ।

यसअघिको शुक्रबार दाङबाट काठमाडौँ जाँदा एकजना मात्र यात्री थिए । टरिगाउँ विमानस्थलमा पछिल्लो समय जहाज सेवा अनियमित भएको थियो । केही महिना जहाज नै आएन, तर अब त्यसो नहुने प्रमुख सुनारले बताए।

उक्त विमानस्थललाई नियमित बनाउन पटक–पटक आवाज उठ्ने गरेको छ । तर पनि नियमित हुन सकेको छैन । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो । सात सय ५० मिटर लम्बाइ रहेको धावनमार्ग हुँदा अहिले १९ सिटे जहाज मात्र बस्ने गरेका छन् । यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकिएमा ७२ सिट जहाज बस्ने र सेवा नियमित हुने अपेक्षा गरिएको छ ।

  • Related Posts

    “दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरुको भूमिका” बिषयक अन्तरक्रिया सम्पन्न-नेपाल लगायत दक्षिण एशियाका सयौं पत्रकार सम्मानित-

    दीपेन्द्र प्रजापति/कालो झोला । जयपुर, भारत, १७ बैशाख । “दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरूको भूमिका” विषयक भारतको जयपुर, राजस्थानमा आयोजित दुई दिवसीय कार्यक्रममा सार्क पत्रकार मञ्च भारत च्याप्टर…

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    पहिलो

    “दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरुको भूमिका” बिषयक अन्तरक्रिया सम्पन्न-नेपाल लगायत दक्षिण एशियाका सयौं पत्रकार सम्मानित-

    • April 30, 2025
    • 44 views
    “दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरुको भूमिका” बिषयक अन्तरक्रिया सम्पन्न-नेपाल लगायत दक्षिण एशियाका सयौं पत्रकार सम्मानित-

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    • April 27, 2025
    • 27 views
    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    • April 27, 2025
    • 29 views
    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    उप प्रमुख आलम द्वारा वडा नं. १५ मा भैरहेको विभिन्न योजना को अनुगमन-

    • April 26, 2025
    • 44 views
    उप प्रमुख आलम द्वारा वडा नं. १५ मा भैरहेको विभिन्न योजना को अनुगमन-

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    • April 26, 2025
    • 20 views
    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    • April 26, 2025
    • 35 views
    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम