जितेन्द्रनारायण देवले छोडे एमाले

पूर्वमन्त्री जितेन्द्रनारायण देवले नेकपा एमाले परित्याग गरेका छन् । सोमबार सप्तरीमा पत्रकार सम्मेलन गरेर देवले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

काँग्रेस छोडेर एमाले प्रवेश गरेको छोटो समयमै उनले पार्टी छोडेका छन् । उनले  भनेका छन्- ‘बिगत लामो समय देखि देशमा बिद्यमान कुशासन, भ्रष्टाचार, लुटतन्त्र, बेरोजगारी तथा युवाहरुको आम बिदेश पलायनको बिरुद्धमा आक्रोशको बिष्फोट थियो भदौ २३ गतेको जेनजी बिद्रोह । यसलाई यसै रूपमा नबुझी वा बुझ्न नचाही आफु सच्चिन र पार्टीलाई सच्चाउने दिशामा लाग्नुको सट्टा यसलाई ‘बिदेशी षड्यन्त्र’ देख्ने, पार्टीलाई ब्यक्तिवाद् र देवत्वकरण तिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी संचालन गर्ने बिचार नीति तथा ब्यबहारसँग असहमत भई आजैको मितिदेखि नेकपा (एमाले) परित्याग गरेको घोषणा गर्दै सबै सम्वद्ध पक्षलाई यस बिषयको सार्वजनिक जानकारी गराउँदछु ।’

नेकपा मानन्धर समुहबाट राजनीति शुरु गरेका देवले यस अघि नेकपा एमाले, नेकपा माले, मधेशी जनअधिकार फोरम, लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसलगायतका पार्टीमा प्रवेश गरेर राजनीति गरेका छन् । उनले यस अघि काँग्रेसबाट राष्ट्रिय सभाको सांसदबाट ६ बर्षे कार्यकाल पुरा गरेपछि पार्टी छोडेका थिए ।

  • Related Posts

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकस्थित ईन्द्रेणी तालमा पुगेर मोटरबोट चढेका छन् ।  मंगलबार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा-५ उम्मेदवार समेत रहेका ओली दमकका मतदातासँग भेट गर्ने…

    पहिलो पार्टी बन्ने नेकपाको दाबि

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर प्रवक्ता अग्नि सापकोटाले पार्टी निर्वाचनमा पहिलो…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 23 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 20 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 24 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 23 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 19 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 29 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ