जिल्ला प्रहरी कार्यालय, मकवानपुर को मुद्दा शाखा मा प्रहरी हवल्दार जयसवार को एकलौटी शासन, पैसा न दिए सम्म कुनै फाइल नछुने श्रोतको दावी-

कालो झोला संवाददाता ।

हेटौडा, २७ फागुन । जिल्ला प्रहरी कार्यालय, मकवानपुर, हेटौडा को मुद्दा शाखा मा कार्यरत् प्रहरी हवल्दार जयसवार प्रसाद पटेल बिगत १५ वर्ष देखि त्यहाँ रही आफ्ना हाकिमहरुका एटिएम को रुपमा नै स्थापित भएका छन् ।

त्यहाँ गएका पिडित तथा पिडकहरु संग राम्रो रकम असुल गरि आफ्ना हाकिमहरुका गोजी भर्दै सेवाग्राहीहरुलाई दु:ख दिनु को साथै विभिन्न बहानामा काममा ढिलाई पनि गर्दै आइरहेको कुरा एक जना हेटौंडा कै सेवाग्राहीले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् ।

उनका अनुसार एक हप्ताको काममा महिनौ लगाउने नत्र उनलाई भने अनुसार पैसा दिनु पर्ने नियत लिएर बर्षौ देखि कुन आधारमा एकै ठाउँमा बसि रहेछन् भन्ने कुरा बुझ्नु गार्हो छ ।

हुन त यो समस्या एउटै जिल्लाको मात्र नभई प्रायः रकमी चलखेल हुने हरेक जिल्लाको प्रहरी कार्यालयको मुद्दा शाखा मा यस्ता हवल्दार बर्षौं देखि एउटै ठाउँमा बसि रहने चलन रहि आएको छ । तर यस्ताहरु माथि कडाईका साथ प्रधान कार्यलय ले प्रस्तुत हुनु पर्दछ ।

उन्को बिरुद्धमा ५० औं पटक जिल्ला प्रहरी कार्यालय, मकवानपुर देखि लिएर प्रहरी प्रधान कार्यलय सम्म समेत बेनामी उजुरी परे तापनि कहीं कतै बाट उनलाई कार्यवाही नभएको जन गुनासोहरु मकवानपुर प्रहरी कार्यालय हाता भित्र गुंजिरहेको छ ।

श्रोतका अनुसार निज जयसवार ले तल देखि माथि सम्म सेटिङ मिलाउन सफल भएकै कारण नै उनलाई एकै ठाउँमा १५ बर्ष देखि नोट छाप्ने बम्पर उपहार नै पाएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, २१ असार । मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व मोहर्रम यस वर्ष पनि वीरगंजको पुरानो बसपार्कमै मनाउने सर्वदलीय निर्णय भएको छ। विभिन्न राजनीतिक दल र स्थानीय निकाय…

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २१ असार । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पर्साको पटेरवा सुगौली गाउँपालिका वार्ड नं. ०१ मा लाग्ने भाथाधाम मेला लाई लक्षित गरी आज एक कार्यक्रमका…

    पहिलो

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 85 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    • July 5, 2025
    • 186 views
    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    • July 3, 2025
    • 139 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    • July 3, 2025
    • 135 views
    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    • July 2, 2025
    • 119 views
    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-

    • July 2, 2025
    • 110 views
    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-