बीरगंज, ०७ बैशाख । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बुधबार जिउ मास्ने बेच्ने मुद्दा का फरार अभियुक्तलाई पक्राउ गरेको छ । पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताएका अनुसार आजभन्दा ३२ वर्ष पहिले मिति २०४६ साल भदौ १८ गते २ जना महिलालाई भारतको मुम्बई स्थित एक कोठीमा लगी बिक्री गरेको भन्ने व्यहोराको जाहेरी दरखास्तमा यस कार्यालयबाट जीउ मास्ने बेच्ने मुद्दा दर्ता भई अनुसन्धान तथा अभियोजन पश्चात पर्सा जिल्ला अदालतबाट मिति २०६१ साल चैत १४ गते भएको फैसला अनुसार कसूर ठहर भई १० वर्ष कैद र रू. २५ हजार जरिवाना सजाँय तोकिई हालसम्म फरार रहेका पर्साको ठोरी गाउँ विकास समिति को वडा नं.९ घर भई हाल उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं.३ मा लुकीछिपी बसिरहेको वर्ष ५७ को विष्णु वहादुर थापालाई यस कार्यालयबाट खटिएको फरार कसूरदार पक्राउ टोलीले बुधबार उल्लेखित स्थानबाट लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी ल्याई पर्सा जिल्ला अदालतमा बुझाइएको कुरा पनि उहाँले बताउनु भयो ।