जुंगे महादेव मन्दिर स्तरोन्नति कार्य सुस्त

राँझा(बाँके) । नेपालगञ्जमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न जुंगे महादेव मन्दिरलाई स्तरोन्नति गरी आकर्षक बनाउन थालिएको छ । हाल बागेश्वरी मन्दिर परिसरमा अवस्थित तलाउको बीच भागमा रहेको मन्दिर र मन्दिरसम्म पुग्ने पुल स्तरोन्नति भइरहेको छ ।

आगामी शिवरात्रीमा दर्शनार्थीले पूजा गर्न पाउने गरी काम भइरहेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट बताउछन् । “नेपालकै ऐतिहासिक मन्दिरको रूपमा रहेको जुंगे महादेव मन्दिरलाई धार्मिक पर्यटक आकर्षित गर्ने गरी स्तरोन्नति तथा पुनः निर्माण भइरहेको छ । जुंगे महादेव मन्दिर पुनः निर्माणसँगै बागेश्वरी मन्दिर परिसर पनि थप आकर्षक बन्ने छ”, उनले भने ।

मन्दिर र पुल निर्माणका लागि विसं २०७९ चैत २ गते रु एक करोड आठ लाख ७३ हजार आठ सय ९९ मा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले २०८० चैत २ गतेभित्र सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने भए पनि अहिलेसम्म आधा काम पनि भएको छैन । तोकिएको समयभित्र काम सम्पन्न नभएपछि आगामी पुस १ गतेसम्म म्याद थपिएको छ ।

उपमहानगरपालिकाका इञ्जिनियर भूपेन्द्र बोहराले पुलको ढलान र पूर्वतर्फको घाट निर्माण कार्य सम्पन्न भएको र तलाउको बीचमा रहेको मन्दिरको पिलर तथा छत ढलान, फ्लोरिङ, रङ्गरोगन र अन्य काम बाँकी रहेका बताए ।

जीर्ण अवस्थामा रहेको मन्दिर स्तरोन्नति गरिने भएपछि त्यहाँ राखिएको ऐतिहासिक जुँगे महादेवको मूर्तिलाई बागेश्वरी मन्दिर परिसरकै कुनामा थन्क्याइएको छ । समयमा काम सम्पन्न नहुँदा भक्तजनलाई समस्या भइरहेको नेपालगञ्जका अगुवा ऋषिराज देवकोटाको गुनासो छ ।

नेपालगञ्जका नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले पुनः निर्माणको काममा ढिलाइ हुँदा बागेश्वरी मन्दिर क्षेत्रमा आउने धार्मिक पर्यटकलाई असुविधा भएकाले अब समय सीमाभित्रै निर्माण सम्पन्न गराउन सम्बद्ध निकायले ध्यान दिनुपर्ने बताए । “यो बागेश्वरी मन्दिरको आकर्षण पनि हो तर समयमा निर्माण नहुँदा समस्या भइरहेको छ । त्यसैले उपमहानगरले अब तोकिएकै समयमा काम हुने गरी आवश्यक समन्वय गर्न आवश्यक छ”, उनले आग्रह गरे ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 49 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 116 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 156 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 95 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 142 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 101 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-