काठमाडौं । प्रहरीले काठमाडौँ र रुपन्देहीबाट जुवा खेलिरहेका १५ जना पक्राउ गरेको छ ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी सृजनाटोलस्थित मकवानपुर हेटौंडा घर भएकी ५५ वर्षीया निर्मला मोक्तानले संचालन गरेको उर्मिला खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा निर्मला समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८० हजार ७ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
त्यस्तै रूपन्देहीको बुटवल उपमहानगरपलिका-९ कालिकानगरस्थित चौतारी रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा नवलपरासी पश्चिम सुनवल नगरपालिका-४ सुभमनगर बस्ने ५० वर्षीय शिवलाल सुबेदी समेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५० हजार ५ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।









