काठमाडौँ । प्रहरीले सिन्धुपाल्चोक र कञ्चनपुरबाट जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक, जुगल गाउँपालिका-६ हाब्रास्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-६ बस्ने ४२ वर्षीय नन्दराज श्रेष्ठ समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ४५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-१ भासीस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ ऐठपुर बस्ने ५० वर्षीय दिपक पाठक समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार १५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।









