जेनजीलाई समेटदै सरकार

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद्को विस्तारको तयारी गरेकी छन् । हाल आठ सदस्यीय रहेको मन्त्रिपरिषदमा जेनजी समुहका केहि अगुवाहरुलाई समेटेर विस्तार गर्ने तयारी गरेको बुझिएको छ ।

अहिलेसम्मको छलफल अनुसार प्रधानमन्त्री कार्कीले सांस्कृतिक अभियन्ता गणपतिलाल श्रेष्ठ, अभियन्ता बब्लु गुप्ता, चिकित्सक रामजी राम र जलवायु परिवर्तन अभियन्ता टासी ल्हाजोमलाई मन्त्री बनाउने तयारी गरेकी छन् । श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, गुप्ता युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ । यद्यपी छलफल जारी रहेको र एकदुई नाममा हेरफेर हुनसक्ने बताइएको छ । प्रधानमन्त्री कार्कीले सोमबारसम्म शपथ खुवाउने गरि तयारी गरेको बताइएको छ ।

हाल सरकारमा प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषि मन्त्री मदन प्रसाद परियार र सञ्चारमन्त्री जगदीश खरेल रहेका छन् ।  

  • Bishnu Timalsina

    Related Posts

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकहरू मध्ये एक जेम्स वाटसनको निधन भएको छ । उनी ९७ वर्षका थिए । अमेरिकी वैज्ञानिक वाटसनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । डीएनए…

    विप्लवसहितका नेताहरुले गरे निर्वाचन आयोग पुगेर सनाखत

    काठमाडौँ । नेत्र विक्रम चन्द विप्लवलगायतका नेताहरुले निर्वाचन आयोग पुगेर दल दर्ताको लागि सनाखत गरेका छन् ।  शुक्रबार महासचिव विप्लवसहितका नेताहरु कान्तिपथस्थित आयोग पुगेर दल दर्ता प्रक्रियाको लागि सनाखत गरेका…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 35 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 18 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 23 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 27 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 22 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 30 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट