जेनजीले विद्रोह गर्यो, क्रान्तिमा बदल्न बाँकी छ- रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा भव्य स्वागत गरिएको छ ।

रास्वपाको केन्द्रीय कार्यालयमा उपस्थित नेता कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी रहेको बताएका छन् । जेनजीले विद्रोह गरेको र त्यसलाई क्रान्तिमा बदल्न बाँकी रहेको भन्दै रास्वपाले जेनजी आन्दोलनले उठाएका माग पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भने- ‘जेनजीले विद्रोह गरेको छ, क्रान्तिमा बदल्न बाँकी छ । जलेको सिंहदरबार त बनाउला तर सिंहदरबार बनाएर मात्र हुदैन सिंहदरबार बदल्न पनि आवश्यक छ ।’   

लामिछानेले चुनावमा जानुको विकल्प नरहेको बताउदै रास्वपाले चुनावको वातावरण बनाउन सहयोग गर्ने बताए । उनले जेनजी आन्दोलनलाई दमन गरेकाहरु अहिले सल्बलाएकोभन्दै चुनावमा गएर जनताको मत जित्न चुनौती दिएका छन् ।

उनले जेनजीले उठाएका माग पुरा गर्न रास्वपा सरकारसँग साथमा रहेको बताए । उनले आफुले न्याय पाउन बाँकी नै रहेको बताउदै उनले आफ्नो न्याय भन्दापनि देशको न्याय महत्वपूर्ण भएको र त्यसका लागि सबैको साथ आवश्यक रहेको बताए ।

  • Related Posts

    अझै बस्न सकेन काँग्रेस केन्द्रीय समितिको बैठक

     नेपाली काँग्रेसले बोलाएको केन्द्रीय समितिको बैठक अझै बस्न सकेको छैन । विशेष महाधिवेशन पक्षधरसँगको वार्तामा सहमति हुन नसकेपछि छलफल लम्बिदा केन्द्रीय समितिको १ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म बस्न नसकेको हो…

    बालेनप्रति महेश बस्नेतको टिप्पणी- राजनीतिक जीवनबाट बिदा लिएर पुरानै पेशातर्फ फर्कनुपर्छ

     नेकपा एमालेका महेश बस्नेतले काठमाडौँ महानगरका मेयर बालेन शाह झापा-५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावमा लड्ने भएपछि टिप्पणी गर्दै  राजनीतिक जीवनबाट बिदा लिएर आफ्नो पुरानै पेशातर्फ फर्कनुपर्ने अवस्थामा पुग्ने…

    पहिलो

    अझै बस्न सकेन काँग्रेस केन्द्रीय समितिको बैठक

    • January 13, 2026
    • 15 views
    अझै बस्न सकेन काँग्रेस केन्द्रीय समितिको बैठक

    डेढ बर्षअघि बेपत्ता गणपति डिलक्सको गाडीको अवशेष त्रिशुली किनारमा फेला

    • January 13, 2026
    • 13 views
    डेढ बर्षअघि बेपत्ता गणपति डिलक्सको गाडीको अवशेष त्रिशुली किनारमा फेला

    बालेनप्रति महेश बस्नेतको टिप्पणी- राजनीतिक जीवनबाट बिदा लिएर पुरानै पेशातर्फ फर्कनुपर्छ

    • January 13, 2026
    • 15 views
    बालेनप्रति महेश बस्नेतको टिप्पणी- राजनीतिक जीवनबाट बिदा लिएर पुरानै पेशातर्फ फर्कनुपर्छ

    नेपाली क्रिकेट टिमले विश्वकप अघि श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

    • January 13, 2026
    • 14 views
    नेपाली क्रिकेट टिमले विश्वकप अघि श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

    डा. सुनिल रंजन सिंह मधेश प्रदेशको मुख्यन्यायाधिवक्तामा नियुक्त

    • January 13, 2026
    • 14 views
    डा. सुनिल रंजन सिंह मधेश प्रदेशको मुख्यन्यायाधिवक्तामा नियुक्त

    जन्मथलो दार्जिलिङमा प्रशान्त तामाङको अन्त्येष्टि

    • January 13, 2026
    • 15 views
    जन्मथलो दार्जिलिङमा प्रशान्त तामाङको अन्त्येष्टि