जेनजी आन्दोलनमा नायक मानेका कैयौं पात्र खलनायक बने- महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा नायक मानेका कैयौं पात्रहरु खलनायकको रुपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् ।

नेकपा एमालेको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेता बस्नेतले मानवता हराएको र कानुनको शासन हराएको अवस्था सिर्जना भएको बताउदै जेनजी आन्दोलनका क्रममा नायक मानेका कैयौं पात्रहरु खलनायकको रुपमा प्रस्तुत भएको टिप्पणी गरेका हुन् ।

नेता बस्नेतले काठमाडौँ महानगरका मेयर बालेन शाहले जेनजी युवाहरुलाई प्रयोग गरेर देशलाई अस्तव्यस्त बनाएको बताएका छन् । बालेनले मंगलबार पोष्ट गरेको स्ट्याटसमा आएका कमेन्ट तीन बर्ष अघि आएको भए आज देशको यस्तो अवस्था आउने थिएन भन्दै अहिले देशमा अराजकता सिर्जना गर्न खोजिएको बताए ।

बस्नेतले जाँचबुझ आयोगका अध्यक्ष गौरिबहादुर कार्कीलाई निष्पक्ष छानबिन गर्न आग्रह गर्दै गोली चलाउने शार्पशुटरको बारेमा पनि छानबिन होस् भन्दै नख्खु जेलमा रवि लामिछानेलाई छुटाउन जाने रास्वपाका नेताहरुमाथि पनि छानबिन गर्न आग्रह गरेका छन् । साथै जेलबाट भागेका कैदीहरुको बारेमा छानबिन गर्नुपर्ने भन्दै देश अपराधको भडखालोमा लैजान लागेको त होइन भन्दै निष्पक्ष छानबिन गर्न आयोगको ध्यानाकर्षण गराएका छन् । 

बस्नेतले प्रधानमन्त्री सुशिला कार्कीले यसअघि पाँच दिनमा भ्रष्टाचारको छानबिन गर्न सकिन्छ भनेको बताउदै अहिले के हेरेर बसेको भन्दै प्रश्न गरेका छन् । उनले अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालबाट छानबिन गर्नुपर्ने बताए ।

उनले आफुले साइबर ब्यूरोमा गएर बयान दिएको बताउदै आफुलाई समातेर देखाउन चेतावनी दिए । उनले लोकतन्त्र, बिधिको शासनका लागि सयौं पटक जेल जान तयार रहेको बताउदै आफुहरुले हरेक चुनौतीको सामना गर्ने बताएका छन् । बस्नेतले अब युवा संघले देशभर डिजिटल जेनेरेसन गठन गर्ने बताउदै जिल्ला जिल्लामा सरकार सम्पत्ति जलाउनेहरुका विरुद्ध जाहेरीको अभियान संचालन गर्ने समेत बताएका छन् । उनले संसद विघटन जयद हो कि हैन भन्ने विषय अब कानुनी विषय भएको बताउदै अब कांग्रेस र एमाले मिलेर अगाडी बढ्ने बताएका छन् ।

  • Related Posts

    लिङ्देन र थापाबीच भेटवार्ता

    काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच महत्त्वपूर्ण भेटघाट भएको छ । मंगलबार भएको भेटवार्तामा दुवै दलबीच एकताको प्रयासस्वरूप यो भेटवार्ता भएको बताइएको छ ।…

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    काठमाडौँ । कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका १७ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन्…

    पहिलो

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    • November 11, 2025
    • 73 views
    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    • November 11, 2025
    • 62 views
    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    • November 11, 2025
    • 62 views
    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    लिङ्देन र थापाबीच भेटवार्ता

    • November 11, 2025
    • 54 views
    लिङ्देन र थापाबीच भेटवार्ता

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 46 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 43 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक