जेष्ठ नागरिक लक्षित स्वास्थ्य शिविर सम्पन्न, आठजनालाई विशेष सम्मान

मुना न्यौपाने

काठमाडौँ, असोज १६ गते । जेष्ठ नागरिकहरूले सहज जीवनयापन गर्न हरेक घरपरिवारले स्वास्थ्योपचारमा समेत विशेष ख्याल पु¥याउनुपर्नेमा समाजसेवी तथा माननीय कल्याणी रिजालले जोड दिनुभयो । उहाँले ३४औँ अन्तर्राष्ट्रिय दिवस २०२४ को अवसर पारी जीवनरेखा समाज ललितपुर तथा भेनस अस्पताल मध्य बानेश्वरले मंगलबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उक्त धारणा राख्नुभएको हो ।

पुरानोबानेश्वरस्थित सायम कलेज आयोजनामा आयोजना गरिएको उक्त शिविर जेष्ठ नागरिकहरूलाई लक्षित गर्दै आँखा, दाँत र सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा ८० भन्दा बढी स्थानीय जेष्ठ नागरिक लाभान्वित भएका छन् ।

सो अवसरमा जेष्ठ नागरिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउनुहुने आठजनालाई विशेष सम्मान गरिएको थियो । सम्मानीत हुनेहरूमा प्रा.डा. अच्युत राजभण्डारी, जेष्ठ नागरिक विशेषज्ञ डा. अनन्त अर्याल, कलाकार एवं राष्ट्रिय जेष्ठ नागरिक महासंघका निर्वतमान अध्यक्ष मदनदास श्रेष्ठ, समाजसेवी विश्व उलक,  समाजसेवी मोतिशान्ती शाक्य, समाजसेवी वसन्त श्रेष्ठ, समाजसेवी सकुल बस्नेत र पत्रकार तथा जापानी सूचना केन्द्र, नेपालका संस्थापक/अध्यक्ष मदनकृष्ण सिलवाल हुनुहुन्छ ।

कार्यक्रममा नेवाः गुथि केन्द्रीय उपाध्यक्ष, सुरेश सैजु, लायन्स क्लब अफ काठमाडौँ विशालबजारका अध्यक्ष दिपक सापकोटा, सेव द वल्र्डका संस्थापक अध्यक्ष शिव श्रेष्ठको उपस्थिति रहेको थियो ।

जीवनरेखा समाज ललितपुरका अध्यक्ष समीर जोशीको सभापतित्व सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सदीक्षा कार्कीले गर्नुभएको थियो । त्यस्तै, लाइफलाइन हेल्थ होमकेयरका निर्देशक प्रज्ञाराज शाक्यद्वारा स्वागत मन्तव्य राख्नुभएको थियो ।

जेष्ठ नागरिक र स्वास्थ्यका सन्दर्भमा सम्मानीत व्यक्तित्व प्रा.डा. अच्युत राजभण्डारी, डा. अनन्तराज अर्याल, विश्व उलक, मोतिशान्ति शाक्य, भेनस अस्पतालका प्रबन्ध निर्देशक मनिषा ढकालले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

  • Related Posts

    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०४ जेष्ठ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगंज र वीरगंज भन्सार कार्यालयको संयुक्त…

    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ जेष्ठ । बिरगंज स्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पताल द्वारा आयोजित नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम बीरगंजको घडीर्वा पोखरी अवस्थित सम्पन्न भएको छ । स्थानीय…

    पहिलो

    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    • May 18, 2025
    • 93 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    • May 15, 2025
    • 91 views
    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    • May 15, 2025
    • 118 views
    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    • May 15, 2025
    • 81 views
    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    आतंकवाद विरुद्ध भारतको लक्ष्मण रेखा अब स्पष्ट छ, यदि कुनै अन्य आतंकवादी आक्रमण भयो भने, भारतले जवाफ दिनेछ र यो निर्णायक प्रतिक्रिया हुनेछ: प्रधानमन्त्री

    • May 14, 2025
    • 104 views
    आतंकवाद विरुद्ध भारतको लक्ष्मण रेखा अब स्पष्ट छ, यदि कुनै अन्य आतंकवादी आक्रमण भयो भने, भारतले जवाफ दिनेछ र यो निर्णायक प्रतिक्रिया हुनेछ: प्रधानमन्त्री

    वीरगंज महानगर प्रहरी द्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण-

    • May 14, 2025
    • 84 views
    वीरगंज महानगर प्रहरी द्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण-