झरीकाबीच ५८२औँ हप्ताको वाग्मती सफाइ

काठमाडौँ, २२ असार : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ असारे झरीकाबीच ५८२औँ हप्ताको वाग्मती सफाइ गरिएको छ ।

वाग्मती नदी किनार एवं बाटोको फोहर छाता, रेनकोट ओढेर सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । नकुहिने फोहर बानेश्वर महिला वातावरण प्रालिको ट्र्याक्टरमा राखी व्यवस्थापन गरिएको छ ।

सफाइसँगै वाग्मती किनारमा दुई वटा अम्बा र एउटा एभोकाडोको बिरुवा पनि रोपिएको शाहीले बताउनुभयो । अर्को हप्ताको शनिबार बिहान कोटेश्वर महादेव मन्दिरमुनिको वाग्मती पहेँलो पुलस्थित गणेश मन्दिर चोकमा सफाइ गरिने सफाइ महाअभियानले जनाएको छ ।

यसैगरी गुह्येश्वरीमाथिको वाग्मती सफाइको ५४१औँ हप्तामा सर्वेश्वर मन्दिरमुनिको नदी किनारमा सफाइ गरिएको अभियानकर्मी ईश्वर पुडासैनीले राससलाई जानकारी दिनुभयो । वाग्मतीका विष्णुमती, रुद्रमती, मनोहरा, चक्रपथलगायत स्थानमा पनि आज सफाइ गरिएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर भइरहेको छ । महाअभियानबाट प्रभावित भएर देशभर एक सय आठभन्दा बढी स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ ।

  • Related Posts

    सुरक्षा बेश, बहुअर्वा भाठ्ठा द्वारा ६४ के. जी. प्रतिबन्धित लागुऔषध गाँजा बरामद-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १२ चैत । सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेश बहुअर्वा भाठ्ठाले सोमबार प्रतिवन्धित लागु औषध गाँजा आफ्नो नियन्त्रणमा लिएको छ । उक्त दिन त्यहाँ बाट…

    नयाँ वर्ष २०८२ को उपलक्ष्यमा वीरगंजमा रात्रि बजार संचालन गर्ने तयारी-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, ११ चैत । वीरगंजमा पुनः ‘रात्रि बजार’ सञ्चालनमा आउने भएको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर वीरगंज महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बस पार्क…

    पहिलो

    सुरक्षा बेश, बहुअर्वा भाठ्ठा द्वारा ६४ के. जी. प्रतिबन्धित लागुऔषध गाँजा बरामद-

    • March 25, 2025
    • 45 views
    सुरक्षा बेश, बहुअर्वा भाठ्ठा द्वारा ६४ के. जी. प्रतिबन्धित लागुऔषध गाँजा बरामद-

    नयाँ वर्ष २०८२ को उपलक्ष्यमा वीरगंजमा रात्रि बजार संचालन गर्ने तयारी-

    • March 24, 2025
    • 46 views
    नयाँ वर्ष २०८२ को उपलक्ष्यमा वीरगंजमा रात्रि बजार संचालन गर्ने तयारी-

    वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा गौतम निर्वाचित-

    • March 23, 2025
    • 37 views
    वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा गौतम निर्वाचित-

    रमदानमा वीरगंज महानगर द्वारा इफ्तारको आयोजना-

    • March 21, 2025
    • 42 views
    रमदानमा वीरगंज महानगर द्वारा इफ्तारको आयोजना-

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    • March 20, 2025
    • 59 views
    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    • March 19, 2025
    • 32 views
    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-