झाडापखाला पीडित परिवारलाई सशस्त्र प्रहरीबाट सहयोग रकम हस्तान्तरण

सप्तरी । सप्तरी जिल्लाको छिन्मस्ता गाउँपालिका–५ स्थित लोखरम मुसहर टोलका झाडापखाला पीडित बचुन सदालाई २६ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ ।

उक्त रकम छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, उपाध्यक्ष राजुदेवी यादव तथा वडा नम्बर ५ का वडा अध्यक्ष जयप्रकाश ठाकुरको उपस्थितीमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट छिन्मस्ताका बिओपीपति सशस्त्र प्रहरी निरीक्षक सन्तोष न्यौपानेले उनलाई कार्तिक २० गते हस्तान्तरण गरेका हुन् ।

दोलखा जिल्लाको मेलुङ गाउँपालिका–४ भेड्पु निवासी रोज गोलेको समन्वयमा सोही ठाउँको शहरे निवासी एस चाईनिज किचनका प्रवन्धक एवं समाजसेवी साङ्यो योन्जन र निजको श्रीमती निमा मोक्तानले उक्त रकम सहयोग गरेका थिए ।

उनीहरुले यसअघि विपन्न तथा जेहेन्दार विद्यार्थी, मानवसेवा आश्रमलाई सहयोग, विद्यालयलाई निजी शिक्षकको व्यवस्था, विद्यालयमा खाजा खानको लागि भाडावर्तनको व्यवस्था लगायतका धेरै सामाजिक कार्यहरुमा समेत सहयोग गर्दै आएका छन् ।

करीव दुई हप्तादेखि फैलिएको झाडापखालाको कारण उनका ६६ वर्षिय बुवा, चार वर्षकी छोरी र एक वर्षको छोराको मृत्यु भएको थियो ।

  • Related Posts

    रवि को मुद्धाको पेसी न्यायाधीश विष्ट र पौडेलको इजलासमा

    बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि आज पनि पेसी तोकिएको छ ।  उच्च अदालत तुलसीपुर्को बुटवल…

    प्रधानमन्त्री कार्कीसँग सुदन गुरुङको भेट

    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे…

    पहिलो

    सीमा सुरक्षा गुल्म सुवर्णपुर द्वारा ९१ किलो गाँजा बरामद-

    • December 11, 2025
    • 108 views
    सीमा सुरक्षा गुल्म सुवर्णपुर द्वारा ९१ किलो गाँजा बरामद-

    रवि को मुद्धाको पेसी न्यायाधीश विष्ट र पौडेलको इजलासमा

    • December 11, 2025
    • 6 views
    रवि को मुद्धाको पेसी न्यायाधीश विष्ट र पौडेलको इजलासमा

    ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं- महेश बस्नेत

    • December 11, 2025
    • 9 views
    ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं- महेश बस्नेत

    तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारिश गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई काँग्रेसको निर्देशन

    • December 11, 2025
    • 12 views
    तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारिश गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई काँग्रेसको निर्देशन

    नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेज बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता-

    • December 10, 2025
    • 106 views
    नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेज बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता-

    प्रधानमन्त्री कार्कीसँग सुदन गुरुङको भेट

    • December 10, 2025
    • 14 views
    प्रधानमन्त्री कार्कीसँग सुदन गुरुङको भेट