झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै

भद्रपुर (झापा) । बिर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ ।

कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो । “कम्पनीले धानको समर्थन मूल्य प्रति क्विन्टल रु तीन हजार पाँच सय ८० दशमलव ६२ तोकेको छ”, उनले भने, “कम्पनीले तोकेको मूल्य बजार भाउभन्दा माथि रहेकाले किसानले धान बिक्री गर्नेछन् ।”

तीन लाख ८५ हजार मेट्रिक टन धान उत्पादन

झापामा यो वर्ष तीन लाख ८५ हजार एक सय ९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ । धान लगाइएको क्षेत्रफल घटे पनि उत्पादनमा भने सामान्य वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यस वर्ष ७५ हजार चार सय ५९ हेक्टरमा धानखेती भएकामा उत्पादकत्व पाँच दशमलव १० मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिए । “गत वर्षभन्दा यो वर्ष आठ हजार सात सय ९१ मेट्रिक टन धान उत्पादन बढेको छ”, उनले भने ।

जिल्लाको केही स्थानमा हर्दिना–६, सावा मसुली, बहुगुणी–२ लगायतका जातका धानबालीमा पेनिकल ब्लाइडको समस्या देखिए पनि समग्रमा धान उत्पादन बढेको ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष धानखेतीका लागि मौसम अनुकूल हुनु, मलको उपलब्धताका साथै गुणस्तरीय तथा उन्नत बीउका कारण उत्पादन बढेको सूचना अधिकारी भण्डारीले बताए।

  • Related Posts

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

    नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको ३ हजारले घटेर तोलाको ३ लाख ३ हजार ५ सयमा कारोबार भइरहेको छ…

    चालु आर्थिक बर्षमा माघ मसान्तसम्म ६ खर्ब ६९ अर्ब ३२ करोड राजश्व संकलन

    आर्थिक बर्ष २०८२-८३ को माघ मसान्तसम्म ७ महिनामा ६ खर्ब ६९ अर्ब ३२ करोड राजश्व संकलन भएको छ । माघ मसान्तसम्म ७ महिनामा ८ खर्ब १३ अर्ब ६३ करोडको लक्ष्य…

    पहिलो

    परराष्ट्रमन्त्री शर्मासँग अमेरिकी इन्डो-प्यासिफिक कमाण्ड प्रमुखबाट शिष्टाचार भेट

    • February 13, 2026
    • 20 views
    परराष्ट्रमन्त्री शर्मासँग अमेरिकी इन्डो-प्यासिफिक कमाण्ड प्रमुखबाट शिष्टाचार भेट

    बलिवुड निर्देशक विक्रम भट्ट दम्पतीलाई अदालतबाट जमानत

    • February 13, 2026
    • 22 views
    बलिवुड निर्देशक विक्रम भट्ट दम्पतीलाई अदालतबाट जमानत

    काँग्रेसले आइतबार चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्ने

    • February 13, 2026
    • 19 views
    काँग्रेसले आइतबार चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्ने

    प्रधानमन्त्री कार्कीको बंगलादेशमा निर्वाचन सम्पन्न भएकोमा बधाई, सहकार्य गर्ने प्रतिबद्धता

    • February 13, 2026
    • 22 views
    प्रधानमन्त्री कार्कीको बंगलादेशमा निर्वाचन सम्पन्न भएकोमा बधाई, सहकार्य गर्ने प्रतिबद्धता

    बंगलादेश प्रधानमन्त्री बन्ने निश्चित भएका तारिक रहमान को हुन् ?

    • February 13, 2026
    • 20 views
    बंगलादेश प्रधानमन्त्री बन्ने निश्चित भएका तारिक रहमान को हुन् ?

    जबरजस्ती करणीको अभियोगमा सुनसरीबाट एक जना पक्राउ

    • February 13, 2026
    • 20 views
    जबरजस्ती करणीको अभियोगमा सुनसरीबाट एक जना पक्राउ