झापामा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

काठमाडौँ । झापामा सामान्य विवाद हुँदा एक जना व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार, अर्जुनधारा नगरपालिका-३, दार्जिलिङ डाँडामा आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेको आरोपमा उनका श्रीमान् वीरबहादुर चौहान पक्राउ परेका छन् ।

सोमबार अपराह्न पौने ४ बजेतिर विवाद हुँदा उनले श्रीमतीलाई फलामको दाउले घाँटीमा प्रहार गरेका थिए । त्यसक्रममा श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो भने वीरबहादुर त्यहाँबाट फरार भएका थिए ।

उनी भागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीको टोली खोजीमा परिचालित भएको थियो । खोजी गर्ने क्रममा उनलाई अर्जुनधारा नगरपालिकाकै जुकेखाडी जंगलमा लुकेर बसेको अवस्थामा हतियारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई अहिले इलाका प्रहरी कार्यालय, अनारमनीमा राखेर थप अनुसन्धान थालिएको छ ।

  • Related Posts

    जबरजस्ती करणीको अभियोगमा सुनसरीबाट एक जना पक्राउ

    २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी बराह्रक्षेत्र नगरपालिका-७ बस्ने ६४ वर्षीय प्रमानन्द पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।  पौडेलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी…

    पेस्तोलसहित एक जना कीर्तिपुरबाट पक्राउ

    चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान र गोली ४ राउण्ड सहित कीर्तिपुर नगरपालिका-२ बस्ने ३० वर्षीय केयुर पुरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी…

    पहिलो

    परराष्ट्रमन्त्री शर्मासँग अमेरिकी इन्डो-प्यासिफिक कमाण्ड प्रमुखबाट शिष्टाचार भेट

    • February 13, 2026
    • 21 views
    परराष्ट्रमन्त्री शर्मासँग अमेरिकी इन्डो-प्यासिफिक कमाण्ड प्रमुखबाट शिष्टाचार भेट

    बलिवुड निर्देशक विक्रम भट्ट दम्पतीलाई अदालतबाट जमानत

    • February 13, 2026
    • 22 views
    बलिवुड निर्देशक विक्रम भट्ट दम्पतीलाई अदालतबाट जमानत

    काँग्रेसले आइतबार चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्ने

    • February 13, 2026
    • 20 views
    काँग्रेसले आइतबार चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्ने

    प्रधानमन्त्री कार्कीको बंगलादेशमा निर्वाचन सम्पन्न भएकोमा बधाई, सहकार्य गर्ने प्रतिबद्धता

    • February 13, 2026
    • 23 views
    प्रधानमन्त्री कार्कीको बंगलादेशमा निर्वाचन सम्पन्न भएकोमा बधाई, सहकार्य गर्ने प्रतिबद्धता

    बंगलादेश प्रधानमन्त्री बन्ने निश्चित भएका तारिक रहमान को हुन् ?