नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट झापा-५ का उम्मेदवार रञ्जित तामाङले कुनै दलसँग गठबन्धन नगर्ने स्पष्ट गरेका छन् ।
तामाङले भिडियो सन्देश जारी गर्दै भ्रम फैलाइएको भन्दै कुनै दलसँग गठबन्धन नगरेको स्पष्ट गरेका हुन् ।
उनले चुनावपछि गठबन्धन हुनसक्ने र कुनै उम्मेदवारले आफुलाई समर्थन गरेमा गठबन्धन हुनसक्ने बताएका छन् ।
नेकपाका संयोजक प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विभिन्न क्षेत्रमा गठबन्धन गर्ने सहमति भएको समाचार मिडिया र सामाजिक सञ्जालमा आएपछि उनले त्यसको खण्डन गरेका छन् ।
उनले आफु सबै खेलाए अतिवादसँग लडेर आएको भन्दै घोषित र अघोषित कुनै किसिमको गठबन्धन गर्ने विषयमा छलफल नभएको स्पष्ट गरेका छन् । उनले आफुले जनताको माया पाइरहेको भन्दै चुनाव जित्ने दाबि समेत गरेका छन् ।










