टी- २० विश्वकपको सुपर आठमा को को पुग्दैछन ?

जारी टी- २० विश्वकपमा आयोजक श्रीलंका र भारतसहित पाँच देश सुपर आठमा पुगेका छन् । श्रीलंका र भारतसहित वेस्ट इण्डिज, इङल्याण्ड र दक्षिण अफ्रिकाले सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । तर २०२१ विश्वकपको च्याम्पियन अस्ट्रेलियाको विश्वकप यात्रा भने संकटमा परेको छ । समुह बी मा जिम्बाबे र श्रीलंकासँग हार बेहोरेपछि अस्ट्रेलिया समुह चरणबाटै बाहिरिने अवस्था बनेको हो । 

समूह ए: पाकिस्तानलाई जित अनिवार्य

आइतबार समूह- ए अन्तर्गत दुई खेल सम्पन्न भए । अमेरिकाले नामिबियालाई ३१ रनले हरायो भने भारतले पाकिस्तानलाई ६१ रनले पराजित गर्‍यो । ६ अंकसहित भारत शीर्ष स्थानमा रहँदै सुपर आठमा प्रवेश गरिसकेको छ । अमेरिका ४ अंकसहित दोस्रो स्थानमा छ र उसका सबै खेल सकिएका छन् । पाकिस्तानको पनि ४ अंक भए पनि कमजोर रनरेटका कारण तेस्रो स्थानमा छ । अब पाकिस्तानको अन्तिम खेल नामिबियासँग छ । नामिबिया तीन खेल हारेर बाहिरिसकेको छ । तर यदि नामिबियाले पाकिस्तानलाई हराएमा २००९ को च्याम्पियन पाकिस्तान समूह चरणबाटै बाहिरिनेछ ।

समूह बी: जिम्बाब्वे विजयी भए अस्ट्रेलिया बाहिर

श्रीलंकाले लगातार तेस्रो जित निकाल्दै सुपर ८ मा स्थान सुरक्षित गर्‍यो । दोस्रो हारपछि अस्ट्रेलिया बाहिरिने संघारमा पुगेको छ । अब अस्ट्रेलियाले ओमानविरुद्ध अन्तिम खेल जित्नुपर्नेछ र जिम्बाब्वेका दुवै खेल हार्ने प्रतीक्षा गर्नुपर्नेछ । यदि जिम्बाबेले श्रीलंका र आयरल्यान्डसँग हार बेहोरे र अस्ट्रेलियाको रनरेट उत्कृष्ट रह्यो भने मात्रै उसले क्वालिफाइ गर्नेछ । तर जिम्बाबेले अन्तिम दुईमध्ये एक खेल जिते पनि श्रीलंकासँगै सुपर आठमा स्थान बनाउनेछ ।

समूह सी: इङ्ल्यान्ड र वेस्टइन्डिज  सुपर आठमा

सोमबार इङ्ल्यान्डले इटालीलाई २४ रनले हराउँदै सुपर आठमा प्रवेश गर्‍यो । वेस्टइन्डिज भने तीनै खेल जित्दै यसअघि नै अर्को चरणमा पुगिसकेको छ । यस समूहका इटाली, नेपाल र स्कटल्यान्ड दुईभन्दा बढी हारका कारण समूह चरणबाटै बाहिरिएका छन् ।

समूह डी: न्यूजील्यान्डलाई अवसर

आज न्यूजील्यान्ड र क्यानाडाबीच खेल हुनेछ। न्यूजील्यान्डले जित निकाले सुपर आठमा पुग्नेछ । दक्षिण अफ्रिका भने तीनै खेल जित्दै यसअघि नै अर्को चरणमा प्रवेश गरिसकेको छ । अफगानिस्तान र यूएई एक–एक जितसहित तेस्रो र चौथो स्थानमा छन् । उनीहरूलाई क्वालिफाइ गर्न अन्तिम खेल जित्नुका साथै न्यूजिल्यान्डको हारको प्रतीक्षा गर्नुपर्ने अवस्था बनेको छ । क्यानाडा आज पराजित भए प्रतियोगिताबाट बाहिरिनेछ ।

व्यक्तिगत प्रदर्शन

श्रीलंकाका ब्याट्सम्यान कुसल मेन्डिसले सोमबार ५१ रन बनाउँदै प्रतियोगितामा लगातार तेस्रो अर्धशतक पूरा गरे । १६८ रनसहित उनी हाल शीर्ष रन स्कोरर छन् । टिम साइफर्ट १६७ रनसहित दोस्रो र ईशान किशन १५८ रनसहित तेस्रो स्थानमा छन् । साइफर्टसँग आज शीर्ष स्थान कब्जा गर्ने अवसर हुनेछ भने किशनले फेब्रुअरी १८ मा नेदरल्यान्ड्सविरुद्ध खेल्नेछन् । 

बलिङतर्फ अमेरिकाका मिडियम पेसर शैडली भान शाल्कविक ४ खेलमा १३ विकेटसहित शीर्ष विकेट टेकर बनेका छन् । दक्षिण अफ्रिकाका लुंगी एन्गिडी र अफगानिस्तानका अजमतुल्लाह ओमरजई समान ८-८ विकेटसहित दोस्रो स्थानमा छन् । जिम्बाब्वेका ब्लेसिङ मुजरबानीले आज २ विकेट लिए दोस्रो स्थानमा उक्लने सम्भावना छ ।

  • Related Posts

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ चैत । प्रहरी चौकी गण्डक, पर्सा ले आईतबार राति करिब १२:१५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक चोक स्थित बाट भारसि मात्रामा…

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ चैत्र । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा पर्सा तथा बारा जिल्लाका विभिन्न मदरसा तथा यतीमखानामा अध्ययनरत बालबालिकाहरूका लागि कपडा वितरण कार्यक्रम सम्पन्न…

    पहिलो

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    • March 15, 2026
    • 71 views
    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    • March 15, 2026
    • 24 views
    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    • March 15, 2026
    • 93 views
    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    • March 15, 2026
    • 18 views
    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    • March 15, 2026
    • 17 views
    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय

    • March 15, 2026
    • 20 views
    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय